अमेरिका नेपाल सोसाइटीको दशैँ तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न I

भर्जिनिया (अमेरिका) कार्तिक १८,

विजय थापा : अमेरिका नेपाल सोसाईटी (समाज )वाशिंगटन डिसीले दशैँ ,तिहार ,छट पर्व तथा नेपाल सम्बत ११३४ को शुभ कामना आदान प्रदान कार्यक्रम डिसी महानगर क्षेत्रको मनाससमा सम्पन्न गरेको छ  मेरिका नेपाल सोसाईटी (समाज ) वाशिंगटन डिसीका वर्तमान पदाधिकारीहरुले आफ्नो एक बर्ष कार्यकाल पुरा गरेका छन्  

दशैं तिहारको अवसरमा यो संस्थाले नेपाली पशुपति मन्दिरमा मनाउदै आएको भएता पनि यस पालि मनाससमा लक्ष्मी पुजाको दिन समुदायलाई बोलाएर सेल रोटि तथा अन्य परिकार खुवाएर सत्कार गरेको छ  कार्यक्रमको नाम नै शुभकामना आदान प्रदान रहेकोले यस क्षेत्र वरीपरी रहेका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरु तथा केहि व्यक्तित्वहरुले शुभकामना दिएका थिए  ​ ​सबैले संस्थाको प्रगतीको कामना गरेका थिए भने कोहि वक्ताले नेपालमा संबिधान सभाको चुनाबको बारेमा पनि चर्चा ,अमेरिका नेपाल सोसाइटीले बिगतमा गरेका प्रगति ,एक बर्ष कार्यकाल सफलता पुर्वक सम्पान गरेकोमा बधाई तथा पदाधिकारीलाई ध्यानाकर्षण गराउनुको साथै सुझाब र सल्लाह पनि दिएका थिए  

लक्ष्मी पुजाको दिन परेकोले वक्ताहरुले लक्ष्मी प्रसाद देवकोटाको जन्म दिवस परेकोले चर्चा परिचर्चा पनि भएको थियो  पूर्व अधक्ष्य नगेन्द्र पौडेलले संस्थालाई एउटा काखे गणक यन्त्र (ल्याब टप ) प्रदान गरेका थिए भने प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माले शुभकामना दिदै संस्था संग मिलेर धेरै काम गरेको र सहयोग पनि पाई रहेकोमा खुशी व्यक्त गर्नु भएको थियो  कार्यक्रममा अधक्ष्य डा ठाकुरले उपस्थित सबैलाई स्वागत गर्दै शुभकामना आदान प्रदान मात्र रहेको जानकारी गराउदै सबैको सहयोगको अपेक्षा गर्दै निरन्तर कार्यक्रम पस्कि रहने बताए  धन्यबाद ज्ञापन संस्थाकि द्वितीय उपाधक्ष्य सीता पाण्डेले गरेकी थिइन् भने कार्यक्रम संचालन सचिब मुकुन्द राज दाहालले गरेका थिए 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com