तेल अभिव (इज़रायल) कार्तिक १७,
नारीदर्पण : नोभेम्बर २ तारिक शनिबार २०१३ विस्वनेपाली साहित्य महासङ्घ इज़रायल शाखाले आयोजना गरेको भ्रमण (हाइफ़ा र रोश हनिक्रा) सफलता पुर्वक सम्पन्न भएको छ । शनिवार विहान तेल अभिव चिल्ड्रेन पार्क बाट सभा ७ मा पहिले हाइफ़ा र त्यहाँको सुन्दर बगैंचाको अध्यन पछि रोश हनिक्रा गएको ग्रुपले सोचे भन्दा निकै बढी रमाइलो भएको बताए ।
उक्त भ्रमणमा दुई जना विस्वा साइकल यात्री चित्र पौडेल र अशोक राई र साथै नेपाल सिंचाई मन्त्रालय बाट तीन हप्ते सेमिनारमा इज़रायल आउनु भएका इन्जिनियर देवराज निरौला र आत्माराम राय को सहभागिताले भ्रमणको रौनकतामा अझ खुशीको रङ्ग थपिएको थियो ।
तेल अभिव बाट हिड्न साथ् साहित्यिक न्यानो अभिबादन सँगै सुरु भएको रमाइलोले थाहै नपाइ हाइफ़ा गार्डेन पुर्याएको थियो । बाटोभरी नेपाली, हिन्दी रिमिक्स गीत म्युजिकले त्यो विहानको चिसोमा सबैलाई तताएको थियो । बीच बिचमा सहभागीहरुले विभिन्न साहित्यिक रचना वाचन गरि , गीत गाइ, कसैले जोक सुनाएर निकै रमाइलो गरेको उक्त भ्रमणमा सहभागीहरुले बताए ।
थाहै नपाइ दुई घन्टा लामो हाइफ़ा यात्रा समाप्त भएको थियो । विस्वकै सबै भन्दा सुन्दर बगैंचा भनि चिनिने हाइफ़ा गार्डेनको बारे भ्रमण मा रहेका सबैलाई त्यहाँका गाइडरले बताएका थिए । लगभग तीन घण्टा समय हाइफ़ा गार्डेनमा व्यतित गरि यात्रा रोश हनिक्रा गुफा तर्फ मोडिएको थियो । करिब आधा घन्टाको यात्रापछि रोश हनिक्रा गुफा पुगेको टीमले गुफा भित्र पस्न अघि एक सुन्दर पिकनिक स्पट मा खाजा खाएर केवल कार चडी गुफा हेर्न पुगेका थिए । हरेक स्थानको छुट्टै महत्व हुन्छ त्यस्तै रोश हनिक्रा बारे पनि एक छुट्टै परिचय भएको एक छोटो भिडियो मार्फत देखाए त्यो त्यहाँ गएका सम्पूर्ण स्वदेसी तथा बिदेशी पर्यटक लाइ देखाउछन ।
सुन्दर रोश हनिक्राको अबलोकन पछि विस्वनेपाली साहित्य महासङ्घ भ्रमण टीम अपराहन्न तीन बजे तेल अभिव फर्केका थिए । दुई स्थानको सफल भ्रमण पछि टीम फर्कने क्रममा विस्वा साइकल यात्रुद्वयलाइ भ्रमणमा रहेका सबै बाट सहयोग रकम संकलन गरि १५०२ सेकेल हस्तान्तरण गरेको थियो । पोलियो थोपा खान नपाएर अपाङ्ग भएका विस्वा साइकल यात्री चित्र पौडेल सारीरिक रुपमा असक्त छन् । तर उनले आफु अपाङ्ग भएर नि सपाङ्ग भन्दा कम छैनन् उनीहरु र पोलियो द्वारा अपाङ्गको बिरुद्ध अभियानको संकल्प गरि अब इज़रायल बाट केहि समय पछि युरोप तिर लाग्ने बताए ।
२००२ बाट साइकल यात्रा सुरु गरेका पौडेलले इज़रायल ५४ औं राष्ट्र भएको बताए । सय राष्ट्र पुर्याएर जिनिज वर्ल्ड रेकर्ड राख्ने उनको लक्ष्य छ । उनको त्यो लक्ष्या पुरा होस् हामी सम्पूर्णको शुभ-कामना छ ।
भिडियोको लागि प्रतिक्षा गर्नुहोला .....



