हात्तीले लियो ज्यान I

बीरगन्ज मंसिर १२ ,

सोमबार राती जंगलबाट गाउँ पसेको हातीले पर्साको जितपुरको सहजानपुरमा ४४ वर्षे भिखारी पासवानको ज्यान लिएको छ। राती ९ बजे टोलमा हाती पसेको थाहा पाएपछि आमा, श्रीमती र ९ महिने छोरालाई सुरक्षित पार्न गाउँबाट दगुरेर आएका पासवान आफै हात्तीको आक्रमणमा परेका थिए।

धानबाली भित्र्याउने समयमा पर्सामा सिजन संगसंगै फेरी पर्सामा हाती आतंक सुरु भएको हो। पासवान गाउँका चौकीदार थिए। सोमबार साँझ राखिएको एउटा गाउँ भेलामा गाउँभरीकालाई डाकेपछि आफै पनि उपस्थित भएका थिए।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com