कविता '' प्रयास जीवन '' : By, पोष कुमार राई



कविता '' प्रयास जीवन ''

एक अँगालो
सपनाको भारी बोकी
दुधकोशीको छालमा पौडिरहेको छु म
पार गरी शान्तीको बस्ती पुगिन्छ कि भनि

न त रहर पोको पारी बगाई दिन नै सकेँ
न त पार गर्न नै सकिरहेको छु
जति यात्रा तर्फ बढ्छु उत्ति नै
कोशीको छालले
पाखा तिर फाल्न खोज्दैछ
धकेल्दैछ
फेरी पनि म पौडी रहेकै हुन्छु
प्रयासहरु जारी छ
पुग्नु मैले पारी छ
देखि रहेको हुन्छु म
कोशी उर्लिरहेको छ
कहिले ढुंगा माटो त कहिले
धमिलो धुलो हिलो भै बगिरहेको छ
तगारो बन्छ
बाधा पु-याउँन मलाई
असर पु-याउँन मलाई
र मेरो यात्रालाई
ठुस्स-ठुस्स गन्हाई रहेको हुन्छ
तर
तर पनि म चुप-चाप
सहिरहेको हुन्छु
मेरो यात्रालाई निरन्तर
दिई रहेको हुन्छु
अनि मन-मनै
सोचिरहेको हुन्छु
यहि नै होला संघर्ष जीवन
यहि नै होला प्रयास जीवन

पोष कुमार राई
खोटाङ् 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com