रेग्मीले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने I

काठमाडौं मंसिर २ ,

शेखर अधिकारी : अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । 

रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले चुनावमा सहभागी हुन आहृवान गर्दै साँझ ६ बजे सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको हलबाट देशवासीका नाममा सम्बोधन हुन लागेको जानकारी दिए ।

सम्बोधनमा रेग्मीले चुनाव बहिस्कारको घोषणा गरेका नेकपा-माओवादीसहितका ३३ दललाई पनि सहयोग गर्न आहृवान गर्नेछन् । रेग्मीले यसअघि संविधानसभा चुनावको मिति घोषणा भएको भोलिपल्ट जेठ ३१ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए । यसैबीच रेग्मीले आज दिउँसो १२ बजेपछि सम्बोधनमा समावेश गर्नुपर्ने विषय, चुनावी सुरक्षालगायतका विषयमा सवै मन्त्रीहरुसँग छलफल गर्दैछन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com