काठमाडौं, मंसिर २ -
नारीदर्पण : साहित्यिक संसारमा तारा बनि चम्किन्दैं गरेकी गैँडाकोट ४ नवलपरासीकी नव गजलकार कल्पना पौडेल 'जिज्ञासु' का "भावनाका भेलहरू " गज़ल सग्रह र स्याङजाका जीवनपानी र उनको गजल सङ्ग्रह "पानी मुनिको आकाश " लाइ हाम्रोमझेरी साहित्य प्रतिष्ठानले आफ्नो वार्षिक समारोहमा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
हरेक बर्ष यस प्रतिष्ठानले साहित्यलाई प्रोत्साहन गर्ने हेतुले नेपाली साहित्य साधनामा लाग्नु हुने स्रष्टालाई प्रधान गर्दै आएको अध्यक्ष ,पुष्प अधिकारी अञ्जलिले बताउनु भयो । प्रवासमा रहेर पनि साहित्यलाई निरन्तर साहित्य साधनामा लाग्नुहुने पौडेल अहिले इज़रायलमा हुनुहुन्छ ।