कविता , चुनाब : By, कल्पना राई "खुशी"



चुनाब :

हँसिया हथौडा देखाएर भोट माग्नेहरू
रुखको छहारी देखाएर भोट माग्नेहरू
हत्केलाका रेखाहरु देखाएर भोट माग्नेहरू
गाईको पवित्रता देखाएर भोट माग्नेहरू
अनि,
तिमीहरु जस्तै अनेकौ छाप देखाएर भोट माग्नेहरू

एउटा प्रश्न छ तिमीहरुलाई,
दर्जनौ प्राकृतिक छाप देखाएर बिभाजन भएका छौ,
दर्जनौ छुट्टा छुट्टै एजेन्डा लिएर अघि बढेका छौ,
दिन रात नभनी जितको होडमा दौडेका छौ,
जित्नलाई नै महंगी बढाएका छौ
जित्नलाई नै बन्द हड्ताल गराएका छौ
जित्नलाई नै बम पड्काएका छौ
जित्नलाई नै मान्छे मारेका छौ
ल भन यो जित के का लागी?

तिमीहरुको हरेक पार्टी बाट
एक जाना दिल शोभा निकाल
एक जाना अनुराधा निकाल
एक जाना पुष्पा निकाल
एक जाना दिक्छ्या निकाल
अनि त्यो जितको अर्थ हुनेछ

याहा कुनै चुनाब चिन्हले फरक पर्दैन
याहा कुनै पार्टी गत धारणा र नियमले फरक पर्दैन
याहा खेर जाने एजेन्डा र योजनाले फरक पर्दैन
मात्र नेपाल आमाको एक सच्चा सपुत भएर आउ
कर्म योद्धा भएर आउ
मेरो देशलाई राहत दिन,
जनतालाई अमन चयन दिन,
नत्र,
तिमीहरुको चुनाबी चिन्ह
भित्री मनको कपट छोप्ने पहिरन भन्दा अरु केहि हुने छैन
पिताम्बर ओढेर गोजीमा छुरा बोक्ने जोगी जस्तो  ,………

कल्पना राई "खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com