गजल : By, गंगा पौडेल"शुभ"



गजल :

तस्बिर उन्को,यी आखाँ भरि,पारेर जानु छ l
नलागोस् आखाँ,मायाको घर,बारेर जानु छ ll

छोड्दै छु घर,आगन उन्को ढोगेर पाउँमा,
छाडेर मन यो ज्यान पारि तारेर जानु छ ll

पवित्र माया अमर पार्न गर्दैछु स्याहार,
हृदय भित्र कलिलो मुना सारेर जानु छ ll

नचाहे पनि छुट्दैछ साथ मिलनको आशामा,
   निभाई ज्वोती मुटुमै  असर पारेर जानु छ ll

हजारौ दर्द  लुकाएं  पिडा  मुस्काएं  अधर,
आशुँको धारा  हृदय  भित्रै  झारेर जानु छ ll

गंगा पौडेल"शुभ"
तोपगाछी झापा
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com