गजल :
यस पालिको भाइ टिकामा आउन पाइन मेरि बैनि
टिका अनि फुलको माला लाउन पाइन मेरि बैनि
लाउन मन धेरै थियो तिम्रो हातको भाइ टिका
टिका सगै देउसि गीत गाउन पाइन मेरि बैनि
काम पनि तेस्तै मेरो पर्देशि यो मरु भुमि
छुट्टि लिन साहुको घरमा धाउन पाइन मेरि बैनि
मन भुझाइ बस तिमि अर्को सालको पतिक्ष।मा
सोचे जस्तो तिम्रो मनमा छाउन पाइन मेरि बैनि
अनिल बन
दगा तुम्डाडा ५ बग्लुङ
हाल:अबु धबि यु ए इ