गजल :
किन मेरो लागि दिउँसै रात भो
आफ्नै घर आज मसानघाट भो
आज आफ्नै दाजु – भाइ किन दुश्मनी भो
खै दशा लागेरै यस्तो बज्रपात भो
एउटै बाबुको छोरा चुलो चौकामा जान
बन्देज लाए पछि आज बेजात भो
दाजु ओथारो बस्दैछ भाउजु बास्दै छिन्
कस्तो परिवार सँग आज साथ भो
आफ्नो स्वर्णिम महल भो आज चिहान
‘अभागी’को यो जिन्दगी झरेको पात भो ।
मानन्धर अभागी