अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा द्वारा तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न I

तेल अभिव (इज़रायल) कार्तिक १९, 

नारीदर्पण : गत शुक्रबार नोभेम्बर १ तारिक २०१३ साँझ अन्तराष्ट्रीय कलाकार मंच इजरायलले दिपावली साझ २०७० भव्य रूपमा सम्पनन गर्यो । 

स्थानिय कलाकारहरुलाई समेटी गरेको उक्त कार्यक्रम समुदघाटन नेपाली राजदुताबास र्इजरायलका प्रमुख महामहिम राजदुत प्रल्हाद कुमार प्रसार्इ र संस्थाकी अधक्ष्य सुनिता पाख्रिनले संयुक्त रुपमा दीप प्रजलन गरि गर्नु भएकेा थियेा ।

राज्धुत परिवारको उपस्थितिमा अध्यक्ष सुनिता पाख्रिन तामाङको अधक्ष्यतामा सम्पन्न उक्त कार्यक्रम इज़रायाल्मा कार्यरत नेपालीहरुको राम्रै उपस्थिति थियो । उक्त कार्यक्रममा नेपाल सिंचाई मन्त्रालय बाट तीन हप्ते सेमिनारमाइज़रायल आउनु भएका देवराज निरौला र आत्माराम राय (यादव) को पनि सहभागिता रहेको थियो । रियाज सिवाकोटी, असफल थापा, मिना बान्तावा लगायतले मिठो गीत गाएर मंच तताउनु भएको थियो भने नृत्य , गीत र व्यंग्यात्मक नाटकले कार्यक्रम साच्चै राम्रो बनेको थियो ।  


कायक्रममा महामिहम राजदुत प्रसार्इले दिपावली २०७० केा पावन अबसरमा देश बिदेशमा रहनु भएका सबै नेपालीहरूमा शुभकमना ब्यक्त गर्नु भएकेा थियेा । कार्यक्रम तेलअभिवकेा लेबंडा ३२ मा उलेख्य नेपाली दाजु भाइ दिदी बहिनि लगायत विभिन्न सङ्घ संस्था र मिडिया कर्मीहरुको उपस्थित्तिमा सफलता पुर्वक सम्पन्न भएको थियो । उक्त कार्यक्रम दुइ चरणमा सम्पन्न भएको थियो । कार्यक्रमको पहिलो चरण नृत्य विभागका सबिना खड्गाले चलाउनु भएको थियो भने दोस्रो चरण  सांस्कृतिक विभागका संस्थाको महासचिब उर्मिला लामा र सचिव  माया तामाङ्ग बोम्जनले संचालन गर्नु भएको थियो । 

कार्यक्रममा मन्तव्य राख्दै इज़रायाल्का लागि नेपाली राज्धुत श्री प्रल्हाद कुमा प्रसाई ले यस्ता कार्यक्रमको आयोजनाले स्थानिय कलाकारहरुलाई अझ हौसला प्रोत्साहन मिल्ने र यसरि शुभ-अवसर पारि आयोजना गरिने सांस्कृतिक कार्यक्रमले झन् छुट्टै महत्व राख्ने र हाम्रो संस्कृतिको पनि जगेर्ना हुने छ भन्दै कार्यक्रम मा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीलाई हाम्रो महान दोस्रो पर्व को शुभ-कामना व्यक्त गर्नु भएको थियो । र यस्तै गरि संस्थाकी अधक्ष्य सुनिता पाख्रिनले कार्यक्रम सफल बनाउन अहोरात्र खट्नु हुने संपूर्णलाइ धन्यवाद दिदै सम्पूर्णलाइ  शुभ-दिपावलीको शुभ-कामना दिनु भै कार्यक्रम समापन भएको थियो ।  

 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com