गजल :
चट्याङ्गमा परी डढेर , अनिँदो रात मरेछ
आज विहानीलाई अचानकै , ठूलै आघात परेछ
श्रद्धाञ्जली दिन भनी , हतार – हतार विहानै
पूर्वबाट उदाएको सूर्य , क्षितिज पारी सरेछ
खप्नै नसक्ने गरीकन , बेला बेलामा पोल्दो हो
नदेखिएका ती घाउहरू मुटुभित्र – भित्र चरेछ
अहिले–छ भरे–छैन खै जिन्दगी यस्तै–यस्तै
सुसाउन नपाउँदै हेर पातहरू झैं झरेछ
जिन्दगी घामपानी न हो, अस्ताउँछ त कहिले सुस्ताउँछ
था छैन नसोध मलाई , उसलाई कसरी हरेछ ।
मानन्धर अभागी