गजल : By, मानन्धर अभागी



 गजल :

चट्याङ्गमा परी डढेर , अनिँदो रात मरेछ
आज विहानीलाई अचानकै , ठूलै आघात परेछ

श्रद्धाञ्जली दिन भनी , हतार – हतार विहानै
पूर्वबाट उदाएको सूर्य , क्षितिज पारी सरेछ

खप्नै नसक्ने गरीकन , बेला बेलामा पोल्दो हो
नदेखिएका ती घाउहरू मुटुभित्र – भित्र चरेछ

अहिले–छ भरे–छैन खै जिन्दगी यस्तै–यस्तै
सुसाउन नपाउँदै हेर पातहरू झैं झरेछ

जिन्दगी घामपानी न हो, अस्ताउँछ त कहिले सुस्ताउँछ
था छैन नसोध मलाई , उसलाई कसरी हरेछ ।

  मानन्धर अभागी 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com