गजल : By, कल्पना राई"खुशी"



गजल :

जल्छ जल्छ हृदय यो,जली रन्छ स्वास रहुन्जेल l
बर्षा झरी लागे पनि ,निभ्दैन यो  आश  रहुन्जेल ll

स्वामी बन  सन्त बन , उपदेश  बाँड  बुद्ध बनि,
लोभ इर्ष्या छुट्ने छैन  ,धरतीमा  बास  रहुन्जेल ll

कस्ले हेप्छ कस्ले चेप्छ,स्वाभिमानील बनि तिमी बाँचे,
एक गाँस निल्न  गाह्रो, मालिकको  दास  रहुन्जेलll

सके जति खुशी होउ,आज तिम्रो भोली कस्ले देख्यो,
काब्य कृती लेख्छ तिम्रो,तिमी उस्को खास रहुन्जेलll

बाँचुन्जेल माया मोह, सानो घाउ  दुख्छ  दुई  तिर
मरे पछि आँशु बग्छ, आँगनीमा   लास   रहुन्जेल ll

कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com