तेल अभिव (इज़रायल) कार्तिक २५,
यात्री लिम्बु : सामाजिक न्याय र समानताको पक्षधर र सबै खाले विभेदको अन्त्य गरी सङ्घीय समाजवाद व्यवस्था मार्फत समुन्नत नेपाल बनाउने लक्ष्यकासाथ स्थापित नव उदियमान पार्टी “सङ्घीय समाजबादी पार्टी, नेपाल” हो भन्ने सारा नेपालीलाई सर्वविदित भएकै कुरा हो ।
आज २१ औं शताब्दीमा नेपालको सर्वोत्तम वैज्ञानिक राजनैतिक निकास भनेकै सङ्घीय समाजवाद हो । त्यसैले “सङ्घीय समाजवादी पार्टी, नेपाल” एक मात्र सच्चा सङ्घीयवादी र समाजवादी पार्टी हो भन्ने कुरामा दुइ मत छैन । नयाँ नेपालको उत्कृष्ट नक्शा कोरेर सबैभन्दा उत्तम् घोषणा पत्र को साथमा आसन्न संबिधान सभा निर्बाचनमा शासक्तरुपले जनआवाज बुलन्द गर्दै भाग लिईरहेको छ ।
यसरी जनताको स्पन्दनलाई बुझ्न सक्ने पार्टीले मात्र जनताको सङ्घीय संबिधान बनाउन सक्छ भन्ने मूल बुझाईको साथमा “ नेपाली सङ्घीय समाज इजरायल “ ले “ सङ्घीय समाजवादी पार्टी, नेपाल “ लाई चुनावी सहयोग रकम संकलन गरी पठाउने निर्णय गरेको हो ।
जुनसुकै समस्यामा पनि राजनैतिक कारणले प्रतक्ष्य वा अप्रतक्ष्य असर गरेको हुन्छ जसको वैज्ञानिक समाधान भनेकै सङ्घीय समाजवाद हो । र यो व्यवस्थाले मात्र सबै नेपाली लाई सार्वभौम सम्पन्न बनाउछ भन्ने विश्वासकासाथ स्व-ऐच्छिक् आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
मिति सन् २०१३ नोभेम्बर ८ तारिक शुक्रबारको दिन ‘नेपाली सङ्घीय समाज इजरायल’ को अध्यक्ष श्री यूव राज राई ज्यू को अध्यक्षतामा र यसै समितिका संस्थापक संयोजक तथा केन्द्रीय प्रतिनिधि श्री सुन्दर सिंह लामा ज्यू को आतिथ्यमा बसेको बैठक ले “सङ्घीय समाजवादी पार्टी, नेपाल” को बैंक खातामा जम्मा गर्ने निर्णय गरी अक्षरेपी रु. एक लाख पैतिस हजार एक सय (१,३५,१००) पठाइएको कुरा हार्दिकताका साथ सम्पूर्णमा जानकारी गराउदछु ।
यो अभियानलाई सफल पार्न पहिचान सहितको सङ्घीयता र सङ्घीयता सहितको संविधान लेखि सङ्घीय समाजवादी व्यवस्था मार्फत नेपाल र नेपालीको सुनौलो भाग्य कोर्न दिल खोलेर सहयोग गर्नु हुने महानुभावहरु ‘नेपाली सङ्घीय समाज इजरायल’ को कोषाध्यक्ष श्री दल बहादुर तामाङ्ग ज्यू अनुसार तपशिल बमोजिम हुनुहुन्छ :-
१. यूव राज राई ४०० सेकेल
२. सुन्दर सिंह लामा १०० डलर
३. चित्र कुमारी १० सेकेल
४. इशा लावती २०० सेकेल
५. यात्री लिम्बु ४०० सेकेल
६. दल बहादुर तामांग ४०० सेकेल
७. सुवास राई २२१ सेकेल
८. रेणुका खड्का ४०० सेकेल
९. लिला कुमारी थापा १०० डलर
१०. सन्तोषी त्रिपाठी १०० डलर
११. तेन्जिन शेर्पा ३५० सेकेल
१२. अम्बेबर लिम्बु ७० सेकेल
१३. मिना बान्तवा राई १०० डलर
१४. बिजय राई बिद्रोही २२० सेकेल
१५. रामचन्द्र तामांग योन्जन ५० डलर
१६. दावा छिरिंग शेर्पा १०० सेकेल
१७. दिपक थापा क्षेत्री १०२ सेकेल
१८. सबिता शाक्य १०० सेकेल
१९. छिरिंग शेर्पा १०० डलर
२०. बाल कुमार राई २०१ सेकेल
२१. केशव राना २०० सेकेल
२२. पाशांग शेर्पा ५० सेकेल
२३. रबिना राई १५५ सेकेल
२४. गजेन्द्र राई १०० सेकेल
यहाहरुलाई “नेपाली सङ्घीय समाज इजरायल” हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्दछ !
सचिव :- यात्री लिम्बु
नेपाली सङ्घीय समाज इजरायल