चितवन मंसिर १४,
शिशिर सिंखडा : पुर्वी चितवनको जुटपानी ३ जुटपानी बजार स्थीत २ घरमा गए र
ाती आगलागी हुदा ४० लाख रुपैयाँ बराबरको क्षती भएको छ । घरको
बिद्युत लाईन सर्ट भई २ वटा घर र एउटा गोठ जलेर नष्ट भएको
थियो ।
स्थानिय धुब्र पोख्रेलको घर बाट विजुली सट भई घरमा
आगलागी भएको थियो ।
सो घरमा आगलागीको क्रममा ग्याँस
सिलिण्डर पडकिएपछि छिमेकी गोपीनाथ भट्टराईको घर सहित एउटा
गोठ पनि पूर्ण रुपले जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय र
त्ननगर चितवनका प्रवक्ता केदार पन्तले जानकारी दिनुभयो । गए र
ाती २ बजे भएको आगलागी करिव ४ घण्टापछि नियन्त्रणमा आएको
थियो । भरतपुर र हेटौडाबाट आएका दुई वटा दमकल,नेपाली से
ना,शशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानिय बासीको सहयोगमा आगो
नियन्त्रणमा लिइएको थियो ।
सो आगलागी पछि पिडित परिवारजनलाई आज (शुक्रबार) दिउसो
ंनेपाल रेडक्रस सोसाईटी जुटपानी उपशाखाले कपडा, भाँडा
वर्तन , त्रिपाल लगायतका सामाग्री सहयोग गरेको थियो भने जुनीयर
रेडक्रस सर्कल सिद्धिविनायक आवासिय माबि खोलेसिमल र रेडक्रस
जुटपानीले स्थानिय खोलेसिमल बजारमा संकलन गरेको १० हजार
२५ रुपैयाँ आगलागी पिडीत परिवार लाई हस्तान्तरण गरेको रे
डक्रस शाखा सभापति गणेश शर्मा पौडेलले जानकारी दिनुभयो ।