गजल :
पेटभित्र घाउ पाकेको छ कसलाई के थाहा
मान्छे यसरी नै बाँचेको छ कसलाई के थाहा
सही हो वा गलत हो पाठशाला पोशाकमै
जहाँ अस्मिता मासेको छ कसलाई के थाहा
पढाइ गाह्रो भा छ पाईला – पाईलामा दस्तुर
धरहरा भन्दा नाघेको छ कसलाई के थाहा
विहान वेलुकाको गाँस जुराउनु नै पर्छ
बाँच्नकै निम्ति ढाँटेको छ कसलाई के थाहा
जिन्दगीको दौरानमा बाध्यताको कारणले
परिस्थिति बाटै हारेको छ कसलाई के थाहा ।
- मानन्धर अभागी ।