गज़ल : By, कोमल भट्ट



गज़ल: 

बिदेशले लुट्यो सबै खुसी
न झाँगिंदै टुट्यो सबै खुसी

बतासिंदै पुगेँ कता कता
बियोगले छुट्यो सबै खुसी

विदीर्णले मनै भयो छिया
र काँच झैं फुट्यो सबै खुसी

विदा हुँदै गए मिठा क्षण
उराठले भुट्यो सबै खुसी

निराश भै बसौँ यहाँ किन ?
रुवाउनै जुट्यो सबै खुसी

छन्द - .मकालु सूत्र:-
 lSl SlS lSl S (४/४ अक्षरमा विश्राम )

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com