गजल :
यदि तिमि साथ छैनौ तिम्रो निम्ति तडपन किन
सुस्त सुस्त भुलि दिन्छु साचनु बाचा बन्दन किन!
मुटु माग्यौ सुम्पि दिए ज्यानै मेरो माग्न सक्थ्यौ
तिमि पुजा आस्था थियौ फेरि दुस्मन बन्यौ किन!
अहिले याद आयो मलाइ तिम्रो सामु सिर झुकाइ
मुस्किल हुन्छ मिलन गरे उसको निम्ति उलझ्न किन!
जुन नजरमा अन्जान छु बिना करण दोसि भए
अझै सम्म तेसकै यादमा चल्छ मेरो धडकन किन!
दुइ ज्यान भन्थ्यौ एउटै ढुक्ढुकिको चाल हाम्रो
म वारि तिमि पारि असमभ्ब भो मिलन किन
अनिल बन
दगा तुम्डाडा ५ बाग्लुङ
हाल्-अबु धबि यु ए इ