गजल : By, पोष कुमार राई



गजल :

परदेशमा बस्दा आज गाउँ र घरको याद आउँछ
सबै आफन्तहरु अनि वर-परको याद आउँछ

बस्नलाई त झिलीमिली शहरमा बसेको छु म
तर त्यहि भन्ज्याङ्,चौतारी र वरको याद आउँछ

जति रमणीय ठुला समुन्द्रको किनार भए नि
आफ्नै मातृभूमीको खोली र बगरको याद आउँछ

घरै छोडे पछी देशै छोडे पछी यति सम्म कि
भएको पनि त्यो माटोमा पत्थरको याद आउँछ

कति स्वच्छ वातावरण कति शान्ती त्यो रात
पंक्षीको आवाज सँगै शु-प्रहरको याद आउँछ

-पोष कुमार राई
खोटाङ्

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com