चेपाङ बिद्यार्थी सौराहामा I

रत्ननगर कार्तिक २७, 

छात्राबास बनाउन सहयोग गर्र्ने–लोक गायक लामा सौराहा । गामबेशीकोे चेपाङ संरक्षण केन्द्र रत्ननगर १ ३ जयमंगलामा आश्रीत बालबालीकाहरु लाई थारु संस्कति एवं पर्यटकीय नगरी सौराहाको बारेमा जानकारी गर ाउने उद्धेश्यले भ्रमण गराईएको छ । 

सपना भीलेज सोसियल ईम्प्याक्ट र सपना भीले ज प्रालिलृे चेपाङ बिद्यार्थीहरुलाई भ्रमणको ब्यबस्था मिलाइएको हो । सो क्रममा केन्द्रमा रहेका ५२ जना बिद्यार्थीहरुलाई सौराहाको थारु सांस्कृतीक संग्र ाहालय, हात्ति प्रजनन् केन्द्र, राप्ती नदि लगायतका क्षे त्रको जानकारी गराईएको थियो । बिद्यार्थीहरुलाई थारु संस्कृती उत्थान समितीले डम्फु नाच , लौरो नाथ , आगो घुमाउने नाच दे खाईएको थियो । 

भ्रमणको क्रममा सोे सपना भीले ज सोसियल ईम्प्याक्ट र सपना भीलेज प्रालिले बिदेशी पर्यटकहरु संगै साँझको खानाको समेत ब्यबस्था गरेको थियो । कार्यक्रममा बिभिन्न नाच र थारु संस्कृतीको बार ेमा उत्थान समितिका अध्यक्ष बिका महत्तो र भिलेजका मेने जर नारायण पुरीले बिद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो । त्यसैगरी लोक गायक मिलन लामा र सोसियल ईम्प्याक्टका अध्यक्ष धु्रब गिरीले चेपाङ बिद्यार्थीहरु को आबासको लागी छात्रबास बनाउन सहयोग गर्ने प्र तिबद्धता समेत जनाउनु भयो । 

सो कार्यक्रममा प्रेस चौतार ी चितवनका उपाध्यक्ष शिशिर सिंखडा,नेपाल पत्रकार महासंघ चितवनका कार्यसमिती सदस्य होमनाथ सापकोटा,पूर्वी चितवन पत्रकार मञ्चका कोषाध्यक्ष सुलभ बर्तौला, गामबेशीको चे पाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्मा, सोसियल ईम्प्याक्टका मेनेजर नबिन नेपाल लगायत मन्तब्य ब्यक्त गर्नुृ भएको थियो । सो भ्रमणको क्रममा चेपाङ बिद्यार्थीहरुले पनि गीत तथा तृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा थारु नृत्य एव बिभिन्न सांस्कृतीक कार्यक्रममा चेपाङ बिद्याथीहरु संगै बिदेशी पर्यटकहरु सगै नाच्दै रमाएका थिए ।



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com