कबिता :खोया बिर्कोवालाको गुनासो : By, Umesh K.Shrestha



कबिता :खोया बिर्कोवालाको गुनासो

मैले एक प्याक खोया बिर्को पिउदैमा
सेतो आखा फिर्फिराउने फुलकुमारिलाई
एक पटक
मायालु अनुरोध गर्दछु
एकचोटी तीनपाने खोया बिर्को पियर त हेर
पिउन कति गारो छ !!

गला टटाएरा उकुसमुकुस भएर पिउनु पर्या छ
घाटीलाई क्यान्सरको निम्तो दिएर पिउनु पर्या छ
मुटु, कलेजो, फियो, किडनी सबैलाई
बिस्वास घात गरि गरि पिउनु पर्या छ

समाजमा जडयाहाको बिल्ला भिरी भीरी
मिलनको खुसीमा
बिछोडको बेदनामा
एकल हुदाको पिडामा
भिडको खुसीमा
मौसमले साथ दिएको बेलामा
यस्ता यस्तै
अनेक कर्मकाण्डमा
मैले पिउनु पर्या छ!!

अनि तिमि किन सेतो आखा पल्टाउछौ मलाई ???
किन घुर्काउछौ ??
किन हनहनी ज्वोरो आउछ तिमीलाई ??
मैले खोया बिर्को पिउदा ??
फतौरी बुढिलाइ झैँ ??

घरमा, यात्रामा छुट्टीमा, भट्टीमा, हुलमुलमा ??
किन मैले भन्दा तिमीले बढी जात्रा देखाउछौ???
मैले पो पिएर, तिमि नपिएरै नाङ्गो नाच किन देखाउछौ ??
यक्ष प्रस्नको सुलब उत्तर देउ मलाई फूलकुमारी ??

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com