यथार्थतामा आधारित लेख _ इजरायलको वाल्यकाल जीवनहरुलाई मैले काम गर्न आउने प्रशंगमा आज ९२ बर्षको उमेर बिताई सकेको ,र सानो उमेरमा अनेकौ कष्ट भोगेको सबै आफ्नै आँखाले झल्झली देखेको अनि आफ्नो कानले सुनेको छ उसले जुन आज पनि त्यो पल लाई सम्झेर बलिन्द्र धारा आँशु झार्दै मैले इजरायलको बारेमा केहि जान्न इच्छाले प्रश्न गर्दा त्यो बेलाको संगठित इजरायल भूमिको इतिहास बताउन थाल्छ ।
जन्मदै पलिष्टयन भुमि इजरायलमा अंग्रेजहरुको शाशनमा रहेर उनीहरु सित मिलेर जीवन बिताउने क्रममा उसले आफ्नो जीवनका तिता मिठा पलहरु यसरी ब्यक्त गर्छ । धेरै दाजुभाई दिदी बैनीहरु मध्यको चौथो सन्तानको रुपमा जन्म भएको इजरायल भन्छ हेर निशा शरीरलाई ओत हाल्ने घर भएर मात्र के गर्नु । एउटा बाबाको कमाई (मेर्कवा ) टाँगा चलाएको भरमा हाम्रो जीवन चल्ने र घरमा अहिले झैँ सबैको लागी पलंग ,खाट नभएकोले भुइँमा नै एउटा सकुन दरि बिछ्याएर सबै लहरै सुत्ने गर्दथ्यौ । आफ्नो सन्तानको पेट भराउन काम गर्न दिन रात नभनी बाबा बाहिर बाट टाँगा लिएर घरमा फर्कदा पसिनाले निथ्रुक्क भिजेको र थकित अबस्थामा कुर्सीमा थचक्क बस्नु हुदा खुई खुई गरेर निधारको पसिना पुछेको मलाई आज झैँ लाग्छ ।
त्यस्तो कष्टमय जीवन देखेर इजरायल भन्छ म उमेरको मात्र ११ बर्षको थिए त्यही बेला स्कुल जादा पढ्न बस्दा पनि आखामा बाबाको त्यो अनुहार झल्कने गर्दथ्यो र मलाई पनि काम गरेर आफुले पनि हात बढाउँन मन लाग्यो । स्कुल बाट जब छुट्टी हुने गर्दथ्यो फर्केर घरमा आउने बितिक्कै म आमाले पाउरोटीको स्यानबिज बनाउदै खान चियाउदै बोलाउदा पनि म आमाको हात छुट्याई पुत्त काम गर्न निस्कन्थे । सानो भएकोले मैले काम राम्रो पाइन् ,अनि कसैको गाडी पुछ्ने त् कसैको घोडालाई खोलामा (याम ) लगेर नुहाई दिने ,दाना,पानी दिने जस्ता काम पाए त्यही काम बाट आफैले कमाएर ल्याएको पैसा आमालाई दिने गर्दथे त्यस्तै गरि ,फुवाजुको आफ्नो कार्पेन्टर काठको दराज बनाउने रंग लगाउने जस्ता काममा पनि लागे ,(गान आखयोत ) जनावरहरुको रेखदेख जस्ता काम पनि गरे जसबाट अलि धेरै पैसा पाउने गर्दथे । केहि दिनमा बुवाले थाहा पाउनु भयो र मलाई अति नै कराउनु भयो ।
मैले काम गरेर खान लाज मान्नु हुन्न ,काम सानो ठुलो हुन्न अबस्था र उमेर हेरेर पाएको काम यो पनि राम्रो हो ,भनेर बुवालाई भन्दा बुवाको आखाबाट बर बर आशु खस्यो । त्यस्तै गरि समयले मलाई पर्खेन समयको रफ्तार संगै म पनि बढ्दै गए ,स्कुलको पढाई सकियो जुन बेला जे काम पायो त्यही गर्न थाले ,अनि बुवाले मेरो काम प्रतिको रुची देखेर गाडी बिग्रिदा मर्मतको काम सिकाउँन पठाउनु भयो, । मैले हरेक कामलाई लाज नमानी सिके । मैले स्कुलको पठाई सकाए पछी उमेरले पनि होला म १८ बर्षको घोर्ले बाघ झैँ निक्कै जवान र खाइ लाग्दो देखिन्थे । त्यस पछी म (चवा बिट्रीन आर्मी) आर्मीको ट्रेनिगमा गए । मैले चार बर्ष सम्म निरन्तर अंग्रेजहरु (पालिस्टयानीहरु संग बसेर गरेका संघर्ष ,दुख र पाएको कष्ट तिमीलाई कसरी बर्णन गरु,....।
25th octuber 1941 (govermnment of palestine ) trans,jordan farontier force zerka ,,अन्तरगत रही काम गर्दा मैले चार वटा (मेलुखामा ) लडाइमा पाएको सफलता बाट हरेक बर्ष सम्मानित मेडलहरु प्राप्त गर्न सफल भए । अनि मैले १५ बर्ष सम्म आर्मीमा क्याप्टेन रहेर काम गरे ,काम गार्हो तर पैसा तलब थोरै भएकोले कहिले पनि महिना दिन सम्म खान पुग्दैनथियो ।,मैले आर्मीमा नै हुदा एक शुशील स्वभावकी छोरी जो बाटोमा हिड्दा पनि बाबाले अति नै मन पराउनु हुन्थ्यो र एहूदित जस्तो केटी मेरो घरको बुहारी बनाउनु ठिक छ उ पनि आमा बिनाकी टुहुरी छोरी हो भनेर कुरा गर्दा उसलाई मैले मेरो जीवनको साथी बनाए । दिन दिनै मेरो झन् कष्टमय जीवन हुन् गयो तलबले कहिले खान पुग्दैनथ्यो ,साना दुई बच्चा एक छोरा र एक छोरी जन्मे ,आर्मीको क्वाटरमा बसेर जीवन निर्वाह गर्दा पनि एक दिन अरबीहरु बाट कोठामा भएको सबै सामानहरु जलाई दिए पछी शरीरमा लागाएको कपडा बाहेक हाम्रो केहि थिएँन साथमा त्यहा बाट झन् अति नै कष्ट हुदा हामीले (वेत्केनेसेत) यहुदीहरुले प्रार्थना गर्ने मन्दिर त्यहा गएर शरण लिन पुग्यौ ।
यस्ता किसिमले जीवन चलि रहेको थोयो अनि मैले आफैले गाडीको द्रभिंग ट्रेनिग सेन्टर खोल्ने प्रयाशमा आफन्तको सहयोग बाट जागिरलाई राजिनामा दिएर १९६२ मा खोल्न सफल भए र बिस्तारै गर्दै हाम्रो जीवनका दुखहरु कम हुदै गयो ,...। ३५ पैतिस बर्ष मैले ट्रेनिंग सेन्टर चलाए जे भए पनि दुख शुख मानबिय जीवनका परिचय रैछन । असल जीवन त्यही बाट शुरु हुन्छ अनि गएर अन्त हुदा जीवित रहन्छ नाम भावी सन्ततिको लागी । आज म तिमीलाई भू मध्य सागरको पुर्बी किनारामा बारम्बार प्यालेसटाँइन र इजरायल भनिने यो देशको लामो इतिहास भन्छु जुन मैले हरेक क्षेत्रमा कठिन काम गर्दा भोगेको छु । हेर निशा जति जति सिमाना कोरियुन आज ,...तर इजरायल मध्य पूर्वको एउटा शक्ति शाली केन्द्रको रुपमा स्थापित भएको सबैले बुझेको नै छन । वास्तविक पनि हामी काम गर्न आउनेले निहाल्दा देखिने कुरा पनि यही नै हो, र पनि यो सत्यलाई आज पनि अरबिहरुले अस्विकार गरेका छैनन । यहाका इजरायल जस्ता युवक युवतीले कति हो कति खुन र पसिना बगाए आफ्नो पूर्वजको थलोलाई जोगाइ राख्न ।
उनीहरुले यो सानो तिलको एउटा दाना सरी देशलाई एक शक्ति शाली राष्ट्को रुपमा स्थापित गर्न कौयौ संधर्ष गरे ,त्याग गरे दिन रात भोक तिर्खा केहि नभनी । तर हरपल विकल्पमा उभी दिने अरवी हरुले पनि बाधक को रुपमा आफ्नो पुर्खाको थलो भनेर जोगाउन आफ्नो प्रयाश निरन्तर गरि रहन छाडेनन र पनि हर कठिनाइलाइ पन्छाउदै इजरायलमा स्वतन्त्र प्रधान मन्त्रि हुन् सफल भए । यस्तो देखेर असन्तुष्टिको ज्वार भाटा उढेको, प्यालसटिनिहरु बाट उनीहरुले आफ्नो सार्बभौमिकता पहिचान र पुनस्थापन हुनु पर्छ भनेर अनेकौ किसिमका अनगन्ती आत्माघाती आक्रमण भए । कौयौ युवा युवतीहरु सहिद भए । यस्तो दैनिय अबस्थामा दिन रात रगतको होली खेल्न बाध्य भएका इजरायलीहरुले ठुलो कष्टमय संघर्षको सामना गर्नु पर्यो । त्यस पछी पनि उनीहरुले हरेक पटक आफ्नो अस्तित्वको निमित कौयौ कष्ट पूर्ण अबस्था वेतित गर्न पुगे । तर उनीहरु साना देखि बुडा सम्म एकता बनेर हातेमालो गर्दै संघर्ष गरि रहे ।
त्यही अबस्थामा अनेकौ आतंकबादी र विभिन्न संगठनहरु जन्मन पुगे ,अनि सबैले आ-आफ्नै तरिकाबाट इजरायलको इतिहासलाई ब्याख्या गर्दै द्धन्दको सम्पूर्ण कारण र परिणामको दोष विपक्षलाइ दिदै गए । इजरायल भन्दछ । इतिहास भन्ने कुरा त् बिजयहरु द्धारा लेखिन्छ, जहाँ हार हुन्छ त्यहा सधै गलत साबित हुने गर्दछ । एउटा घटनालाई कहिले पनि दुइ तरिकाले इतिहास बताउन पुगियो भने कहिले त्यो सत्य साबित हुदैन । तर पनि आज सम्म अरबीहरु र इहुदीहरु दुवै पुर्खेनी बाबु बाजेको जन्म थलोलाई साबित गर्न र आफु सत्य छन भन्न पच्ची पर्दैन्न । अहिले इजरायलको पनि शारीरिक स्थिति दिनानु दिन अति नै कम्जोर हुदैछ ,,झनै उसको भन्दा त् श्रीमती इहुदित उमेरले ९० बर्ष भएकी उ भन्दा पनि कठिन रोगले ग्रस्त ,दिमागी सन्तुलन गुमाउन पुगेकी ,न आखा देख्छे न कान नै सुन्छे ,न त दुई खुट्टा भएर पनि राम्रो संग हिड्ने नै सक्छे ,मात्र चिच्याइ रहन्छे दिन रात ।
दिनानु दिन उसको शारीरिक अबस्था बिग्रिदो छ ,जति नै पौष्टिक आहार खाए पनि उ स्वास्थ नहुने तर झाल्लक हेर्दा हट्टा कट्टा देखिन्छे । इजरायलको गरिबी जीवन भएर होला उसले हर किसिमको कामहरु गर्न जानेको छ ,समय र परिस्थिति अनुरुपका कामहरु सानो ठुलो राम्रो नराम्रो नभनी गर्नाले उसले शैनिक हुदा क्याप्टेन पोष्टमा उसको आफ्नो जन्म भुमि प्रति दिएको योगदान आज पनि धेरै पुरस्कृत ,मेडल,सम्मान पत्रहरु साचेर राखेको मैले आफ्नै आखाले देखिकी छु । जवानीमा हट्टा ,कट्टा सुन्दर चेहेरा भएको इजरायललाइ मन नपराउने कोहि थिएन्न रे । त्यस्तैमा उसको जवानीको पलमा अंगालोमा बाधिएर खिचिएका प्रेमिका संगको तस्बिर आज पनि रमाइलो पल संग हराउदको क्षणले उ मुस्कुराउँदै भन्छ यो धिप धिप गरेर रहने इतिहास हो,तर बास्तबमा उज्यालो प्रकाश दिने यी मेरी श्रीमती हुन् ।
आज बुडो भएर पनि आफ्नो अतीतलाई सम्झेर दुख शुखमा हातेमालो गर्ने श्रीमतीको अबस्था जति नै जटिल उसको लागी भए पनि ,जस्तो सुकै संकट आई परे पनि आफ्नै अंगालोमा राख्न छान्छ उ ,जसरी आफ्नो जन्म भुमि बचाउन उ क्याप्टेन हुदा गरेको साहसी शैनिक भएर कहिले लेवनन त् कहिले गाजाको लडाइमा उ निरन्तर आफु अघि हुन्थ्यो ,साहसी वीर शैनिक क्याप्टेन इजरायलले पाच चोटी सम्म भएको आत्माघाती अरबीहरु संगको लडाईमा एक रत्ति भर पनि नडराई आफ्नो जन्म भूमिलाई र पुर्खाको शानलाई बचाई राख्न आफ्नो पसिना ,रगत बगाई रह्यो ,लडी रह्यो ,,उ कहिले आत्तिएँ ,आफ्नो दृढ बिश्वाश ,,स्वाभिमान र धैर्यताका साथ हिम्मत गरेर लड्ने र शैनिकको जिम्मेवारीलाई बहन गर्ने गर्दथ्यो रे , उ भन्छ तिमीलाई बिश्वाश लाग्दैन नपत्याए म संग भएका सबै डकुमेन्ट हेर ,मैले पाएका मेडेल,शिल्ड, अनि प्रमाण पत्रहरु यी हुन् । उसको असल ब्यबहार र शाहासी प्रसंशा गरेको गभर्मेन्टले दिएको सम्मान पत्रमा खुलस्त छ ।
भलै आफ्नो देशको रक्षा गर्दा पहाड जस्तो जवानीमा आफ्नो यात्राहरु गर्दाको सुनौलो पल ,पिडा, गरिबी, जीवन होश वा सानोको दुख होश ,यी सबै आज मेरो इतिहास भएर रहेका छन् । कमाईले श्रीमती मेरो दुई छोरा छोरीलाई राम्रो खान लगाउन दिन नसक्नु उसले पाएका कष्ट ,झन् अरबिले बस्ने सानो कुटी जलाई दिए पछी र बालक छोरा छोरी बोकेर बिरालोले बच्चा सारे झैँ कहिले कसैको घरमा कहिले आफन्तको घरमा जादाको पिडा सम्झन छ अनि भन्छ जीवन के हो त्यो बेला थाहा हुन्छ निशा जुन बेला आफु संग केहि हुन्न र अरु संग हात पसार्दा नाना भाति कुरा बचन लागाउदै दर दर ठक्कर पाइन्छ उसले जिन्दगीलाई ब्युझने अबशर पायो रे गरिबीको महत्व अनि पैसा भन्ने चिज के बुझ्यो रे ,तर कहिले उ पैसामा बेचिएँन अरे ।
रिबी जीवनमा साथ दिने आफ्नी श्रीमती आज पनि कठिन रोगले ग्रस्त छिन् र पनि उ संगको जीवन पहाड झैँ अटल,हिमाल झैँ शान्त,हुदै आफ्नो अंगालोमा राख्दै मुस्कुराउछ र भन्छ जीवन देऊ तर स्वास्थ देऊ भगवान । जसलाई मैले दिन रात आफ्नो हातले चाकडी गर्दै आएकी छु । हो मैले यिनीहरुलाई देखेर जीवन जीउनुको महत्व बुझे, मानब जीवनको पहिचान किन र श्रीमान श्रीमतीको अटल बिश्वाशको सफलतालाइ नजिक बाट हेर्न र बुझ्न सफल भए ।
निशा खनाल अर्याल
हाल : इजरायल
हाल : इजरायल