स्वर्ग भन्या यमलोक भन्दा ,अलिकति पर्तिर छ ,
बैकुण्ठ ऊ; ध्रुबलोक देखी ,थोरै मात्र वर्तिर छ /
मनिस र प्राणीहरु ,बसेका छन् यो धरतिमा ,
हामी बस्या मर्त्यलोक ,गगन बाट तलतिर छ /
ॠषि मुनी ,देब ,तारा ,थुप्रै छन् ति आकाशमा ,
सृष्टी कर्ताको त्यो ब्रम्हलोक ,यसो हेर्दा मास्तिर छ /
धेरै धर्मकर्म गरे ,देबता तुल्य हुनेछ मान्छे ,
त्यही भएर पुन्यास्लोक ,धर्मात्माको अघिल्तिर छ /
सबै तिर घुम्दै हिँड्दा ,हुन सक्ला अति गर्मी पनि ,
चाहिएमा सितलता ,चन्द्रलोकको जूनतिर छ /
जन्मे देखी मरुन्जेल् सम्म,जे जे गर्छौ गर तिमी ,
अब भन मानब तिम्रो ,जाने बिचार कुन्तिर छ /
हरि ओली
साउदी अरब
साउदी अरबियन् एयरलाइन्स्
साउदीया क्याटेरिङ्
जेद्दा