यो गाउँ अवश्य भोलीको दिन शहर बन्नेछ
ती गरीबहरुको झुपडीहरु पनि घर बन्नेछ
काइँलाको जमिन पारी पट्टी हाँकियो खोला
मैदान अब त्यहाँ खेतको फाँट बगर बन्नेछ
पलमै पग्ली जाने कोमल मन त्यो सधैँ
हेर ! तिमी कुनै एक दिन पत्थर बन्नेछ
हेर्दै जानू होला समयको परिवर्तन तपाईं?
मान्छे भन्दा चलाख यहाँ बाँदर बन्नेछ
यसो भन्दै यो गजल समर्पण ग-यो उस्ले
पोष कुमार मरेर गए पनि अमर बन्नेछ
पोष कुमार राई
महेश्वरी-२ सानोडुम्रे खोटाङ्