स्टकहोम आश्विन २५ ,
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी एलिस मुनरोलाई प्रदान गरिने भएको छ । बुढेसकालमा हुने मानवीय कमजोरीमा आधारित लघु कथाहरूका लागि उनलाई पुरस्कार दिन लागेको हो ।
एलिस नोबेल साहित्य पुरस्कार पाउने १३ औं महिला हुन् ।
स्वीडिस एकेडेमीले ८२ वषर्ीया एलिसलाई 'समकालीन लघुकथाकी मास्टर' उपनाम पनि दिएको छ । एकेडेमीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'एलिसका कथाको पृष्ठभूमि साना सहरको माहोलमा हुन्छ, जहाँ सामाजिक स्वीकार्य अस्तित्वका लागि संघर्षको कारण अधिकांश सम्बन्धमा तनाव र नैतिक विवाद हुन्छ ।'
नोबेल साहित्य पुरस्कारबाट सम्मानित हुन लागेकी एलिस उक्त पुरस्कार पाउने पहिली क्यानाडेली हुन् ।
एलिसले बुढेसकालमा हुने शारीरिक असक्तता एवं दुर्बलतामा केन्दि्रत लघुकथाका लागि उक्त पुरस्कार प्रदान गरिएको एकेडेमीले जनाएको छ । उनका कथा ग्रामीण तथा सामान्य सहरी जीवनमा विद्यमान वातावरण र मानवले जीउनका लागि गर्ने संघर्षका साथै मानसिक विद्रोहमा केन्दि्रत छन् ।
उनका चर्चित साहित्यिक कृतिहरूमा हु डु यु थिङ यु आर, द मुन्स अफ जुपिटर, रनवे, द भ्यु प|mम क्यासल रक, टु मच हृयापिनेस छन्् । १९३१ मा क्यानाडाको वन्टेरियोमा जन्मिएकी एलिस ११ वर्षको हुँदादेखि नै लेखिका बन्ने अठोट लिई यस क्षेत्रमा लागेकी थिइन् ।
पुरस्कारको घोषणा भएपछि उनले आफू त्यति ठूलो साहित्यकार नभएकाले त्यति धेरै अपेक्षा नराखेको तर उक्त पुरस्कारका लागि भने योग्य रहेको प्रतिक्रिया यु ट््युवमार्फत दिएकी छिन् ।
पुरस्कृत भएको खबर आफ्नी छोरीबाट पहिलोपटक सुन्दा चकित भएको अनुभव पनि उनले सुनाएकी छिन् । पुरस्कारले आफूलाई जीवनका बाँकी समयमा पनि साहित्यमै लागिरहन प्रेरित गरेको उनको अभिव्यक्ति छ । रोयटर्स: