अनेकतामा एकता हौँ युवा शक्ति : शरीन ख्युंगबा (तामाङ्ग) I

तेलअभिव, (इज़रायल) आश्विन २५,

म प्रवासमा रहेर पनि देश  र समाजमा बढ्दो महिला हिंसालाई कसरि निर्मुल गर्न सकिन्छ र जनतामा के गर्दा जन चेताना दिन सकिन्छ भन्ने हेतुले  आफ्नो  स्वार्थ  ईक्षा चाहानालाई केहि हद सम्म पुरा गरेता पनि केहीलाई अधुरै राखेर आफु जन्मेको देश र समाजको बारेमा सोच्न  बाधे भए । त्यहीं भएर सात समुन्द्र पारि बसेर पनि देशमा ब्याप्त यो  नारी माथिको यौन शोषण र नारी माथिको अन्याय अत्याचार बिरुद्धमा आवाज उठाउनको लागि सामाजिक संजाल (फेस बुक) लाइ एक माध्यम बनाएर एउटा समूह  गठन गरि संसार भरि छरिएर रहेका जति पनि हाम्रा  युवाहरु छन् वहाहरु सबैलाई एक्यबद्ध  हुन आव्हान गर्दै [अनेकतामा एकता,एकता हो युवा शक्ति] भन्ने समूह  गठीत् गरे ।

यो समूहको उदेष्य भनेको बर्तमान परिप्रेक्ष्यमा बर्बर स्थितिलाई उदाङ्गो गर्नु नै हो । बालिका , बृद्ध बलात्कार  अनि आफ्नै रगतलाई नचिनी  हाड  र नाताको सम्बन्धलाई नै खलल अपवित्र कार्य भैरहेको अबस्था छ । यस्ता   अपराधीहरुलाई देशको त्यो फितलो कानुनलाइ  परिबर्तन गरि फाँसीको सजाए दिलाउन सके अपराध कमि आउनका साथै निर्मुल हुन्छ भन्नेमा हामी बिस्वस्त छौं । यस्ता नारालाई देशमा सुतेका कानून र आँखामा पट्टि बाँधी बसेका युवाहरुले  आवाज उठाओस भन्ने उदेष्य बोकेको छ यो समुहले ।

तेरो र मेरो जस्ता सानो सोचले गर्दा आज अपराध बढ्दो मात्र छ समाजमा । हामी परदेशमा दुख गरि बसेका हरुको मन यहाँ भत्भती पोल्छ यो दुर्दासा, दुराचार्य  देखेर । र, भने  तपाई समाजका ठेकेदार हु  भनि आफुलाई चिनाउन खोज्ने, नारी हितका बडा बडा डीङ्गा पिट्दै  हिड्ने समाज सेवी भनाउँदा हरु  किना मौन छ ??? यी  यस्ता घटना प्रति हाम्रो  ठाडो प्रस्न वाहाहरु  सबैलाई छ । महिला हक हितका लागि भनि खुलेका ती संघ संग्स्था , एबम देशको  भत्ता  पचाएर बस्ने राज्य  व्यबस्थाका ठेकेदार हरु यदि तपाइँ हरु यो गहन विषयलाई लिएर   केहि गर्न सक्दैनौ भने किना र के का लागि कुर्सि ओगटी बस्नु भाको छ  ?? यो हाम्रो प्रश्न छ ।

बिदेशी डलर को  लागि वा देशको ढुकुटी रित्यउनका लागि ?? प्रहरी भनेको देशको रक्षक हुन् भन्ने जन आशालाई पनिमारेको छ यी निकायमा  कार्यरत प्रहरी जवानहरु कहिले गरेको त्यस्ता कार्य बाट धमिलाएको छ  जनताको आस्था र विस्वाशलाई  चकनाचुर पारेको नारीहरुको भावनालाई.. भने का जाने न्याय मग्न सर्ब साधारण नारीहरु ???? नारि आज जता ततै बाट अस्मिता लुटिन  बाध्य छन् तर हामी खाली मुक दर्सक भएर हेरिरहे छौं । मलाई परेको हैन  फलाना जात,फलाना धर्म,गरिब वा धनि को लुटेको रैछा भन्ने संकुचित मानसिकताले गर्दा आज अपराधले र अपराधीले प्रसय पाको छ । र बारम्बार घटना घट्दा पनि  किना मौन छन् हाम्रो देशको  कानुन ????

हामी भारतको हरेक लाउने देखि लिएर टि भी च्यानाल्लमा आएको  हरेक टेली सिरिएल आँखा तन्काइ तन्काइ यहाँ सम्मकी खान, पिउन बिर्सेर भए पनि त्यस्ता खाले प्रसारण हेर्न चुक्दैनौ । भारतबाट  उत्पादित  हरेक घरेलु  समान होस् या  देश निर्माणका सामन होस् आफ्नो देशमा भित्र्याउछौ र प्रयोगमा ल्याउछौं भने आज त्यहि भारतका  युवाहरु एक भएर दामिनी यानिकी निर्भायेलाई बलात्कार गर्ने जति पनि अपराधि हरु थिए सबैलाई फाँसीको सजाए सुनाउन बाध्य भए भारत सरकार र त्यहाको  कानून । युवाहरु देखि लिएर सम्पूर्ण जन मानस ओर्लिन्दा कानुन हार खान पर्यो र घुडा टेक्यो त्यहाको कानुनले ।

 भर्खरै बिहारमा आफुलाई बिहारको राजा भन्न मन पराउने लालु प्रसाद यादबलाई ३७ करोड घोटाला गरेको आरोपमा जेल चलन गर्यो भारतको  कानुनले...जब मै हुँ भनेर हुंकार गर्ने जति  पनि भ्रस्टचारी छन ती सबैलाई एक एक गरि जेलको चक्की पिसौना सक्षम् छन् त्यहाँको कानुन भने हाम्रो देशको कानुन किना असमर्थ छन् ?? हामीले यो सिक्ने पर्ने कुरो हो । 

किन गान्धारी झैँ आँखा  देख्ने भएर पनि आँखामा पट्टि बाधेर बसेका छ हाम्रो देशको अर्ध अन्ध कानुन ?? भर्खरै भएको कुरा हो...मेरो सामाजिक संजालका मित्र केशब थापा..वहा पनि मेरो अभियानमा सरिक  हुनुहुन्छा । वहाले युवाहरुलाई लक्षित् गरि लेख्नु भाको कबिता पढेर नेपालका ३ जाना केंद्रिये नेताहरुलाई पाता कसेर थुन् लगायेछन । भने पछी युवाहरु एक हुन सके के हुन्न देशमा ??? हामी सबैको चाहना देश र समाजमा शान्तिको स्थापना नै हो । त्यसैले  नेताहरुले  गर्छ हामीले भोट देका  छौ भन्ने भ्रममा नपरी बलात्कार जस्ता जघन्य  अपराध घटाउने अपराधीहरुलाई फाँसीको सजाए  हुनु पर्छ र त्यस्ता  घटनामा साथ दिने जो कोहीलाई कडा भन्दा कडा सजाए दिलाउनको लागि एक  आवाज बनौ ।

यदि  सरकारल त्यो कानून ल्याउन सक्दैन भने जनताको अदालत खडा  गरेर भए पनि अपराधीलाई फाँसीको सजाए दिन एक  जुट हौ । अहिले नजागे  कहीले जाक्छौ  हे युवाहरु हो ??  देशको अस्तित्व नेताहरुले बेचिसके भारतलाई । एउटा  चेली दिन दहाडै लुटिएर अस्मिता लिलाम हुदैछ बीच दोबाटोमा । एक चेलीको लिलाम आज सडक माइ हुन्छ । कसरि हेरी राख्न सक्छौ  मुक्दर्सक भै एउटा माइती भएर ?? तराई मधेश,पहाड हिमाल,फाट भन्ज्यांगका हामी सबै एक नेपाली हौँ । आउ  हामि सबै युवाहरु एक भै अराजकताको निर्मुल गरि शान्ति र सभ्य  हराभरा नेपाली समाजको  निर्माण गरौ । ताकी भोलि हाम्रा सन्ततिले यस्ता कुकर्म भोग्न नपरोस । र, चेली नाबलाख  हरु निर्धक्क भएर आफ्नो घर आँगनमा  खेल्न कुद्न अनि हाँस्न सकोस । अनेकतामा  एकता एकता हो युवा शक्ति हाम्रो यो अभियानलाई सम्पूर्ण युवाहरुले मनन गरि सफल पारौं । जय देश । जय युवा शक्ति ।

शरीन ख्युंगबा (तामाङ्ग)
इज़रायल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com