स्याङ्जा आश्विन २५,
स्याङ्जा स्वरेक–४, मियालेकी २२ वर्षीया गायत्री पराजुली १५ वर्षदेखि ओछ्यानमा छिन्। उनका हात खुट्टा चल्दैनन्, त्यसैले केही गर्न उनलाई अर्काको सहारा चाहिन्छ। उनी आवाज निकाल्न र सुन्न पनि सक्दिनन्। उनलाई खाना खुवाउनेदेखि दिसापिसाब तथा सरसफाइमा आमा देवका पराजुली खट्छिन्।
स्वस्थ जन्मिएकी गायत्री सात वर्षको उमेरमा बिरामी भएपछि अशक्त बनेकी हुन्। 'त्यतिबेला जन्डिस बिग्रिएको रहेछ, उपचार गराउन ढिलो भएपछि छोरी अशक्त भइन्,' आमा देवकाले भनिन्। गायत्री कुनै इशारा गर्न र बुझ्न पनि सक्दिन्न। उनी आमालाई समेत चिन्दिनन्। उनको स्वास्थ्यमा अन्य थप जटिलता नदेखिए पनि खुट्टा सुक्दै गएको छ भने हात बाउँडिएर नचल्ने भएको छ। दिसा गर्न पनि समस्या हुने भएकाले औषधी प्रयोग गर्नुपर्छ।
उनलाई दिउँसो बेल्टको सहाराले कुर्सीमा बाँधेर ठाडो बनाएर राख्ने गरेको आमा देवकाले सुनाइन्। आफ्नो उमेर ढल्कँदै गएपछि छोरीलाई उचालेर बसाउन–सुताउन अप्ठेरो हुने गरेको उनले बताइन। देवकाका तीन छोरीमध्ये गायत्री माइली हुन्। परिवारले उपचारका लागि गायत्रीलाई अन्यत्र लगेको छैन। आर्थिक अभावका कारण उपचार गराउन नसकेको आमा देवकाले बताइन्। उनका पति अर्की पत्नीसँग अन्तै बस्छन्। 'माइतीको सहयोगले अहिलेसम्म छोरीलाई पालिरहेकी छु,' उनले भनिन्। (नागरिकबाट)