उम्मेदवार संग अन्तरक्रिया I

रत्ननगर कार्तिक ५, 

कातिक नेकपा मालेको चुनावी एजेण्डा बुझ्न पूर्वी चितवन पत्रकार मञ्चले आज रत्ननगरमा पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरु संग अन्र्तक्रिया गरे को छ । कार्यक्रममा वोल्दै मालेका उम्मेदवारहरु ले आफ्नो पार्टीले निर्वाचन जिते जिल्लाको आर्थिक तथा सामाजिक विकास गर्ने प्रतिबद्धता जनाएका थिए । 

जिल्लालाई संमृद्ध बनाउने कतिपय यो जनाहरु अझै पनि अलपत्र रहेको भन्दै उनीहरु ले निर्वाचन जिते अलपत्र योजनाहरुलाई प्र ाथमिकतामा राखेर काम गर्ने बताएका थिए । कार्यक्रममा नेकपा मालेका केन्द्रीय सदस्य एवम् चितवन क्षेत्र नम्वर १ का उम्मेदवार परशुराम लामिछानेले मालेले चुनाव जिते आर्थिक एजेण्डाहरु संग जोडिएका विषयहरुलाई विस्तार गरी जिल्लालाई संमृद्धितिर लैजाने बताउनु भयो ।  

ठुला दलहरुले चुनाव जिते पनि जिल्लाका विकासमा ठोस काम गर्न नसकेको भन्दै उहाँले अब सान पार्टीलाई जनताले विश्वस गर्ने बताउनु भयो । चितवन क्षेत्र नम्वर २ का उम्मेदवार तबहादुर विश्वकर्माले तीन दल प्रति जनतालाई जनताले विश्वास गर्न छाडेकाले अबको निर्वाचनमा मालेलाई जनताले शक्तिमा पु¥याउने दावी गर्नुभयो । उहाँले आफुले निर्वाचन जिते समग्र जिल्लाको विकासमा ध्यान केन्द्रित गर्ने बताउनु भयो । 

पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापको टाको अध्यक्षतामा भएको सो कार्यक्रममा क्षेत्र नम्वर ३ का उम्मेदवार सन्तोष श्रेष्ठ, ४ का उम्मे दवार ओमप्रकास गौतम, ५ का उम्मेलवार चन्द्रनाथ खनाल, मालेकी पोलिट व्यूरो सदस्य भगवती घिमिर े, निर्वाचन परिचालन समितिका संयोजक खोमकान्त रे ग्मी, प्रचार प्रसार समितिका उप संयोजक तथा र त्ननगर नगर कमिटीका सचिव रामहरि लम्साल लगायतले पार्टीको एजेण्डामा केन्द्रीत भएर मन्तब्य र ाख्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com