पदमपुरमा घरदैलो कार्यक्रम I

 कार्तिक ५, 

शिशिर सिंखडा : चितवन नेकपा एमाले चितवन क्षेत्र न २ को आयोजनामा आज पदमपुरमा घर दैलो कार्यक्रम सम्पन्न भएकोे छ । हिजो सोमबार बाट सुरु भएको घर दैलो कार्यmक्रम आज वडा नं १,२, ६, ७ र ९ मा सम्पन्न भएको युथ फोर्सका सह सयोजक लक्ष्मण पौडेलले जानकारी दिनुभयो । 

घरदैलो कार्यक्रमको अबसरमा पदमपुरको ३ नं चोक र ९ नं चोक मा आयोजित कोण सभामा बोल्दै नेकपा एमाले क्षेत्र न २ का उमे दवार कृष्ण प्रसाद खनालले आफ्नो पार्टीले नौ महिने कार्यकालमा जनमुखि काम गरेको बताउदै एमालेले सो कार्यको निरन्तरता दिने बताउनु भयो । उम्मेदवार खनालले आगामि मंसिर ४मा हुने निर्वाचनमा एमाले पहिलो पार्टी हुने दावि गर्दै उहाँले एमाले ठुलो पार्टी नबनेमा यस अगाडि जस्तै संविधान नबन्ने समेत ठोकुवा गर्नुभयो । 

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य यादव प्रसाद पाठक, जयचन्द्र प्रसाद चौधरी लगायत मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम पदमपुर गाउँ कमिटि उपाध्यक्ष शारदा काफ्लेको संयो जकत्वमा सम्पन्न भएको थियो । त्यसैगरि पुर्वी चितवनको जुटपानीमा नेकपा एमाले क्षेत्र नं २ का उम्मेदवार कृष्ण प्रसाद खनालको प्रमुख आतित्थ्यमा गाउ कमिटि अध्यक्ष केशब लामाको संयोजकत्वमा ११ सय १ सदस्यीय नेकपा एमाले चुनाब प्रचार प्रसार समिति गठन गरीएको छ ।  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com