लोक गायक मिलन लामाले गामवेसीको चेपाङ संरक्षण केन्द्र लाई सहयोग I

  चितवन रत्ननगर कार्तिक ६,

शिशिर सिंखडा : लोक गायक मिलन लामाले गामवेसीको चेपाङ संरक्षण केन्द्र लाई आज ३१ हजार रुपैया वराबरको सामाग्री सहयोग गरेका छन । विजया दशमीको अवसरमा दुवईमा भएको साँस्कृतिक कार्यक्रममा टोपि थापेर संकलन गरेको सो रकमवाट १० वटा कुर्ची,किताव राख्ने दराज,रुमाल,काईयो, अ‍ैना,सावुन लगायतका सामाग्रीहरु खरिद गरी गायक लामाले संरक्षण केन्द्रलाई हस्तान्तर ण गरेका हुन ।

केन्द्रमा आश्रित चेपाङ वालिका सुमित्रा चेपाङको अध्यक्षतामा भएको सो कार्यक्रममा गायक मिलन लामाले चेपाङ वालवालिकालाई शिक्षा प्र दान गर्न सञ्चालिल संरक्षण केन्द्रलाई निरन्तर सहयोग गरिरहने बताउनु भयो । त्यस्तै गायक लामालाई केन्द्रले आजै सदभावना राजदुत घोषणा गरि एका केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । केन्द्रमा ८ अपाङग सहित ५० जना चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com