गजल : By,आरके थापा



गजल

धरोधर्म सत्य बोल्या ढाँटेको छैन ।
आजसम्म कसैलाई आँटेको छैन ।

उनी नै सुरु मेरो उनी नै हो अन्त्य,
कसैसँग माया प्रेम साटेको छैन ।

हाँसीहाँसी उनीसँगै दिन बिताछु ,
कहीँ कतै कुनै रात काटेको छैन ।

हुन्छनै मिठा मिठा कुराहरु सधैँ ,
दिलदुखी यो हृदय फाटेको छैन ।

धरोधर्म सत्य बोल्या ढाँटेको छैन ।
आजसम्म कसैलाई आँटेको छैन ।

आरके थापा
बोच दोलखा
हाल साउदी अरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com