आश्विन २३,
बिजे बिद्रोही राई : यस सुन्दर श्रीष्टिका सृजना हामी सबै उस्तै हौं सबै उस्तै छौं, मासु, हाड, छाला र रगतले बनेको। तर हामी आफूलाई भिन्न सोंच्छौ सबै भन्दा फरक सोंच्छौ। त्यो अरु केही हैन हामी भित्रको अभिमान हो। जो हामी कुनै परिबर्तन वा बिकसित अवस्थामा पुग्न वा पुर्यांउन कहिल्यै दिदैन।
किनकी हामीभित्र जबसम्म नकरात्मक सोंचका चैलिहरु चुलिरहन्छन। तबसम्म सकरात्मक पंक्तीहरु लुकेर जान्छन। कसैले कसैको साँस्कृती, कसैको परम्परालाई दोष्नु भनेको आफ्नो पनि उनिहरुको सामु दोषी तुल्याउनु हो। त्यसैले दोष कुनै साँस्कृती र परम्पराबाट शुरु हुदैन त्यो त मान्छेले दिने ढाँचा हो। त्यो गलत ढाँचा दिने मान्छेलाई अबस्य सकरात्मक सोंचको पाठ पढाउनु पर्छ,सिकाउनु पर्छ यदि हामी यो सभ्य युगमा छौ भने।
दशैं र तिहार जुनै प्रयोजनमा मनाएपनि हिन्दु धर्मका धेरै पुरानो मुल्य र मान्यता भित्र पर्छन। जस्का नितीनिर्माताले गएर कुनै धर्म भन्दा बाहिरका ब्यक्तीलाई नमान्दा मृत्युदण्ड दिनु भनेर लेखिएको वा सुनिएको छैन। धर्मका मुलभुत उद्देश्य भनेको शिष्टचार बाँड्नु हो, कुनै नरको बलि दिनु होईन भनेर धर्मका हरेक पन्नाले भनेको पाईन्छ।
अब बिचमा गएर यि धर्म मान्ने दुईचार जना निरंकुशहरुको फन्दामा वा उनिहरुको मातहतमा धर्मको गलत प्रयोग हुन्छ भने त्यो धर्मको दोष होईन ब्यक्ती दोष हो। हिटलरले ६० लाख यहुदीको भोग चढाउनु या दमन गर्नु भनेर कृष्चयन बाईबलमा लेखिएको छैन तर यो धर्मको ओतमा बसेर बन्दूक चलाउनेको गल्ती हो।
हाम्रो देशमा पनि सिद्दान्त र दर्शन थुप्रै दार्शनिकको पाउँछौ, सुन्छौ जो हामीले तस्बिर सम्म देखेका छैनौ, तर दर्शन र सिद्दान्तको पाठ फलाकेर गोजी भर्ने अवसरबादीको कमि कहाँ छ र ? अब दर्शनलाई हामीले, सिद्दान्तलाई हामीले गलत सम्झिनु हामी मुर्ख हौं।
नेपालमा कुन सिद्दान्तको पाठ पढाईन्न, माक्स, लेनिन, स्टालिन, गान्धी, लिंकन,गेटे, दाँते, प्लेटो सबै सबै तर यि सिद्दान्तलाई गलत प्रयोग गर्ने ति सिद्दान्तका ठेली न ठेली पुस्तक भिरेर हिंड्नेहरु दोषी हुन जो दार्शनिक सिद्दान्तको डाडुले उघाएर आफू टन्न अघाउँछन अनि आफ्नो भकारी भर्छन अनि दार्शनिकलाई कालो मोसो पोतिदिन्छन। त्यस्ता ब्यक्तीको हाबी छ हाम्रो समाजमा। हामीले बौदिक्ताको रिभेन्ज लिनुपर्छ मुर्खताको हैन। जन्मले जन्म जन्माउनु पर्छ तर मृत्युले मृत्यु हैन। हामी अहिलेको परिबेशमा पनि मृत्युको खेल अनि देशलाई बधशाला बनाउन तिर उन्मुख भयौं भने अबश्य मृत्युको रिभेन्ज मृत्युनै हुनेछ किनकी हामी जस्लाई बलपुर्बक दमन गर्न खोंज्छौ ऊ कहिले दमन हुदैन।
यदि दमन हुन्थ्यो त जंग बहादूरको शाषन ब्यबस्था किन टुहियो? दमनकारी जंगबहादूर र उस्का शाषण पद्दति किन पलायन र बियोगान्तकारी अन्त्य भयो? त्यसैले हामी नेपाली हौं पहिले नेपाल रह्यो भने हाम्रो अस्तित्व कायम रहन्छ अनि मात्र हामी भित्रका पहिचान रहन्छन नत्र जंग बहादूरको शाषण र ब्यबस्था जस्तै धर्धर्ती च्यातेर जान्छ।
म राईको छोरा मेरो पुर्खौली धर्म र मेरो पहिचान भनेको मुन्धुम हो, म मुन्धुम मान्छु, साकेला नाँच्छु, म सँगै थुप्रै हिन्दु धर्मका ब्यक्तीहरु र अरु जातजातीपनि नाँचेका छन।
हाँसेका छन यस्को अर्थ हो धर्म हामीमा शिष्टचार छ। खुशीको बिनिमय छ। म पनि जुनै धर्मको शुभ कार्य होस दुखद पलमा सहभागी हुन्छु मान्छु त्यो एउटा शिष्टचार हो, बिनिमय हो। मैले जुनै धर्म मानेपनि म भित्र एउटा ठुलो मानव धर्म छ र राख्छु। यस्को अर्थ मेरो भनाईलाई सबैले मान्नै पर्छ र हुनै पर्छ होईन यो मेरो बुझाई हो मानवताको।