" दशैंको बिरोध कति सान्दर्भिक ? यात्री लिम्बु I

तेल अभिव आश्विन २४,

दशैं एउटा चाड हो, पर्व हो, एउटा संस्कृति संस्कार हो  दशैंको ईतिहासलाई केलाउदा र अर्थ्यौंदा केलाउने र अर्थ्यौनेको दृस्टीकोणमा भर परेको देखिन्छ  यकिन यही हो भन्ने ग्यारेन्टी छैन  त्यसैले सहि र राम्रो संस्कार छ भने जसले जसको चाड पर्वमा खुशियाली मनाउन सकिन्छ 

म त दशैंलाई अत्यन्तै सर्बोत्क्रिस्ट चाड को रुपमा लिन्छु किन कि दशैं यस्तो चाड हो यस्तो अवसर हो जतिबेला सानाले ठुलालाई आदर सत्कार गर्ने दिन आशिर्बाद लिने दिन र ठुलाले सानालाई मायावी अमृत पोख्ने दिन, आशिर्बाद दिने दिन हो  त्यो पनि बर्षमा एक पल्ट , यो त हुन जरुरि नै छ  सबै परिवार सदस्य एकै ठाउँमा भेला भएर रमाइलो गर्ने दिन, दुख सुख बांटने दिन, आशिर्बाद लिने र दिने दिन अरु दिन कहिले हुन्छ त ? त्यसैले हिन्दु वा गैर हिन्दु जसले माने पनि हुन्छ “दशैं” लाई  रातो टिका वा सेतो टीका लाउँदा मात्र दशैं हुँदैन  आफ्नो तरिकाले, आफ्नो हैगतले, आफ्नो बिचारले, आफ्नो पाराले “दशैं” मन्दा कुनै हानी नोक्सानी हुने वाला छैन | दशैँ लाई मान्दै जाने क्रममा सबै नेपालीको साझा चाड को रुपमा एकताको सुत्र पनि हुन सक्छ “ दशैं “


दशैं को बिरोध किन ? जब कि यसले कसैको हानि नोक्सानी गर्दैन भने  होला कुनै समयको कालखण्डमा जबर जस्ती लाद्ने काम भो होला, नमान्नेलाई सजाय पनि दिईयो होला यो कुरालाई म मान्छु तर त्यो काम न त हिन्दुले गरेको हो न त दशैंले गरेको हो  यदि गरेको हो भने त्यतिबेलाका नालायक शासकले गरेको होनी त ! शासन सत्तामा रहेका केही व्यक्तिले गरेको काममा किन सारा हिन्दु धर्मावलम्बीहरुलाई गाली गलौज गर्ने ? गैर हिन्दुले दशैं मान्दा र नमान्दा के के फाइदा बेफैदा छन् ? दशैं लाई बहिस्कार गरेर के फाइदा हुन्छ ? दशैं सँग हाम्रो के दुस्मनी छ ? हो हामी गैर हिन्दुको चाडबाडमा सरकारको व्यवहार गराईमा काखा र पाखा भएको छ  यसमा समान व्यवहार होस् भन्ने माग राख्नु जरुरि हुन्छ  दशैंलाई मानेर पनि हामी गैर हिन्दुको चाडहरु धुमधाम संगले मनाउन सकिन्छ 


दशैं बहिस्कारको नाराले कुन बिजयको तोक्मा हँसिल हुन्छ र ? सयौं जातजाति र जनजातिका सयौं चाडबाड छन्  आ आफ्नो क्षेत्रमा भव्य मनाउन सकिन्छ र मनाउनु पर्दछ तर नेपाली हुनुको नाताले नेपाल देश व्यापीरुपमा मनाउने एउटा चाड हुन अत्याबश्यक हुन्छ  अब यो स्थापित भैसकेको चाडलाई बहिस्कार गरेर , विस्थापन गरेर अर्को कुन चाडलाई दशैंको ठाउँमा स्थापित गर्न सकिन्छ त ? अबश्य सकिन्न  यो काम त झन् फलामको चिउरा जस्तै हुनेछ  त्यसैले मलाई लाग्छ सारा नेपालीले यो “दशैं” लाई राष्ट्रिय चाडको रुपमा मनाउँदै विभिन्न जनजाती र जातजातिले आ आफ्नो क्षेत्रमा आ आफ्नो चाडलाई दशैं भन्दा राम्ररी मनाउन सकिन्छ  यसरी दशैंलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने आबश्यकता देखेको छु मैले  यसले राष्ट्रिय एकताको भूमिका निर्वाह गर्न सक्दछ 

यसको विकल्पमा अर्को नयाँ राष्ट्रिय पर्व बनाउन सकिने प्रस्ताव र सम्भावना कसैले पनि पेश गर्न सक्दैनन् , यो कुरा ढुंगामा लेखे हुन्छ  लौ मैले माने , अहिले दशैं मान्न मन नलागे नमान्न पाइन्छ करको बात छैन तर बिरोध चाहिं किन ? नमाने पनि शुभकामना त बाँड्न सकिन्छ नि ! लौ त्यो पनि सकिएन , चुपचाप त बस्न सकिन्छ नि कसो ? छिमेकीको दुख सुखमा सामेल हुनु मानव धर्म हो  खोई त त्यो मानवता हामीमा ? अब साँच्चै भन्नु पर्दा अहिले आफ्नै छोराछोरीलाई आफ्नै भाषा बिर्साएर A B C D घोकाउन चाहिं पैसा तिरी तिरी हुने , अब यो आशिर्बाद दिने लिने जस्तो गरिमामय संस्कारलाई चाही मान्न नहुने ? लाखौं लाख खर्च गरेर बिदेशमा गएर ग्रीन कार्ड लिएर त्यहाको धर्म , संस्कृति संस्कार र चाडपर्व मनाउन  चाहीं मज्जाले हुने अनि न्वारानदेखिको बल निकालेर दशैं को बिरोध गर्ने ? यस्तो पनि हुन्छ ? यो त हजम भएन कि ?

अन्त्यमा : “ दशैँ “ लाई अपब्याख्या नगरिकन आफुले नमाने पनि अरु मनाउनेहरुलाई खल्लो नबनाई दिन आग्रह गर्दै सकेमा शुभकामना बढौं , नसके कवावमा हड्डी नबनौं भन्न चाहन्छु  र २०७० सालको यो बडा दशैंको उपलक्ष्यमा देश बिदेशमा छरिएर रहनु हुने सम्पूर्ण नेपालीहरुलाई हार्दिक हार्दिक मंगलमय शुभ कामना राख्दै नेपाली नेपाली बीच सद् भावनाको चाहना राख्दै यतिमै बीट मार्ने अनुमति चाहन्छु दशैं शब्दको मेरो भावना  हामी सबैको सु मंगल होस् !! धन्यवाद !!!

नुनढाकी ८ संखुवा सभा
यात्री लिम्बु { सचिव }
नेपाली सङ्घीय समाज ईजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com