'ग्रान्ड मस्ती' प्रदर्शनको तेस्रो हप्तामै सय करोड I

आश्विन २४,

मुम्बई : कुनै जमानामा 'दिल', 'बेटा' र 'राजा'जस्ता सुपरहिट फिल्म निर्देशन गरेका इन्द्र कुमारले पछिल्लो समयमा सस्ता हास्यकथामा आधारित 'मस्ती' र 'धमाल' फिल्मको निर्देशन गरेका थिए, जसले बक्समा ठिकैको कमाई गरेका थिए। तर २००४ मा प्रदर्शनमा आएको 'मस्ती'को सिक्वेल 'ग्रान्ड मस्ती'ले भने प्रदर्शनमा आएको तेस्रो हप्तामा नै सय करोड कमाएको छ। 

योसँगै 'ग्रान्ड मस्ती'लाई सय करोड क्लबमा सामेल हुने पहिलो भारतीय 'एडल्ट कमेडी'को उपनाम दिइएको छ। सेक्स र भल्गारिटीको प्रचुरताका कारण यसले 'ए' सर्टिफकेट पाएको थियो। समीक्षकहरुले पनि फिल्म अति भल्गर र महिलाको मर्यादामाथि आघात पुर्‍याउने खालको भएको भन्दै नकारात्मक टिप्पणी गरेका थिए। नकारात्मक प्रचारका बावजुद फिल्मले सय करेाड कमाएको हो। यसले सबैभन्दा कम बजेट (३१ करोड)मा बनेर पनि सय करोड कमाउने पहिलो फिल्मको रेकर्ड पनि राखेको छ। 

यसअघि सय करोड कमाउने फिल्म ५० करोडको हाराहारीमा बनेका थिए। सय करोड कमाएपछि फिल्मका तीन मुख्य कलाकार रितेश देशमुख, अफताब शिवदासानी र विवेक ओबरायले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन्। अशोक ठाकरियाले निर्माण गरेको फिल्ममा कैनात अरोरा, मरयाम जाकरिया, ब्रुना अब्दुल्ला, सोनाली, सुरेश मेनन आदिले पनि अभिनय गरेका छन्। एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com