याचना सहयोगको I


कार्तिक ५,

प्रिय सहयोगी मनहरु मनहरु,एउटा चेतना सिल प्राणी भएर समाजमा बसे पछी समाजमा आफु जस्तै प्राणि बिशेष गरि आफु जस्तै मानब जातिलाई दु:ख पर्दा आफ्नो नाता गोता नै किन हुनु पर्दो रहेछ र मानब नै भएको नाताले दुख लाग्दो रहेछ,पिडा हुँदो रहेछ 

त्यसै कारणले गर्दा दुवै मिर्गौला पिडित एक चेली (नानु माया लोप्चन तामांङ्) जो काखमा तिन महिनाकी छोरी च्याप्दै रोएकी छिन,जो आर्थिक अभाबका कारण उपचार गर्न नसकेर पल पल मृत्यु संग लडेकी छिनलाइ सहयोग जुटाउने हिसाबले र सहयोग गर्न,गराउन आफु आबद्ध संघ सस्था र नजिकका व्यक्ति विशेष सम्म यो दुखद समाचार पुर्याउन सक्ने र सहयोग गर्न सक्नु हुने तपाईहरु माझ यो निबेदन पेश गरेको छु 

आशा र विश्वास छ तपाईहरुले यसलाई गलत सोच्नु हुने छैन र आफु आबद्ध संघ सस्था मार्फत अथवा आफ्नो नजिकका साथीभाइहरु संग सहयोग जुटाएर मृगौला पिडितको नाममा रहेको नेपाल ब्यांकको खाता न: २०१००००३८१०८ मा जम्मा गरिदिनु हुनेछ अथवा मृगौला पिडितको बुबा नर्व तामाङ् संग सिध ९७७-९८१९२४०८९३ मा सम्पर्क राखी सहयोग गर्नु हुनेछ 

हेल्प नेपालका सस्थापक रबिन्द्र मिश्रको शब्दमा भन्न चाहन्छु तपाईहरु सबैलाई -"जिबन भर सुखले खान पुगोस,खुशीले दिन पुगोस" साथै म नि भन्न चाहन्छु यदि हामीले कसैलाई खुशी मनले सहयोग गर्यो भने प्रतक्ष या अप्रतक्ष हामीले केहि न केहि पाई राखेको हुन्छौं । साभार: राजेश रुम्बा लामा !

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com