५ पाँच मुक्तकहरु : By, गोविन्द भाबुक



५ पाँच मुक्तकहरु : 

१,
समयको बहाव संगै चल्नु पर्छ यहाँ
परिश्रम रोप्दा मोती फल्नु पर्छ यहाँ
मोज मस्ती मात्र हैन हाम्रो जिन्दगी
संकुचित भावना त्यो ढल्नु पर्छ यहाँ!!

२,
छैन इमान अब नेपाली पन मासिँदै छ
दिनानु दिन युवा शक्ती बिदेश भासिँदै छ
सत्ता भा'छ भत्ता खाने निकास नेताजीको
शिर झुकाइ बैरी सामु नाता गासिँदै छ !!

३,
बन्न हुन्न गुलाम भन्छन गुलामी त गरेकै छन
जनता लाई आसुँ दिइ आफ्नो खल्ती भरेकै छन
के पो आशा गर्न सक्छन सिधा साधा जनताले
जनै पिच्छे भार बोकाइ आफु उडान भरेकै छन!!

४,
गरीब दुखी सधैं उस्तै हाँस्ने हाँसेकै छन
गरीब मर्छन भिडन्तमा धनी बाँचेकै छन
केका लागि भोट हाल्नु अधिकार देउ भन्दै
पासो भयो जीवन तिनकै नाँच्ने नाचेकै छन!!

५,
देश फर्क दाजु भाई उतै केही गर्नु पर्छ
जननीको घाउमा हाम्ले मह्लम भर्नु पर्छ
धेरै बग्यो पसिना यो परदेशी भुमिमा
श्वास रहे आश भन्छन मरे उतै मर्नु पर्छ!!
*
गोविन्द भाबुक
रचना २५ कार्तिक २६८

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com