रा.प्र. पार्टी चितवन क्षेत्र न २ को विभिन्न वडामा घरदैलो कार्यक्रम I

 चितवन रत्ननगर कार्तिक ७,

राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन क्षेत्र न २ को आयोजनमा मा आज रत्ननगरको शान्ती कुञ्ज सालघारी, भानु चोक, जिरौना तथा पदमपुरका विभिन्न वडामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । क्षेत्र न २ का उम्मेदवार बलर ाम खनालले घरदैलोे कार्यक्रम पश्चात पिठुवाका सालघारीमा आयोजित को ण सभामा बोल्दै उहाँले तीन ठुला दलसंग जनता आजित भईसहेकाले यस पटकको निर्वाचनमा राप्रपालाई जनताले विजयी गराउने दावी गर्नुभयो ।

 कार्यक्रममा समानुपातिक उम्मेदवार केयरसिंह परियार, जिल्ला सचिब रुद्र ढकाल, क्षेत्रीय अध्यक्ष देवराज कडेल, सचिब हरि अधिकारी, महादिवेशन प्रतिनिधि गणे श जंग रायमाझी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ३२ महिला सहित ४९ जना राष्ट्रिय प्रजातन्त्र पार्टिमा प्रवेश गरेको प्रचार प्रसार संयोजक हरि अधिकारीले जानकारी दिनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com