निःशुल्क दन्त शिविर I

चितवन रत्ननगर कार्तिक ७,

सपना भिलेज सोसल इम्प्याक्टको आयोजनामा पूर्वी चितवनको चै नपुर ६ को चण्डी प्राविमा आज निःशुल्क दन्त शिविर गरिएको छ । जर्मनी विशे षज्ञहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको सो शिविरमा १ सय १२ जना दाँतका विरामीहरुको उपचार गरिएको आयोजक संस्थाका अध्यक्ष धु्रव गिरीले जानकार ी दिनुभयो ।

ब्रस र मन्जन पनि निःशुल्क वितरण गरिएको थियो । शिविरमा दाँतका विरामीहरुको दाँत उखाल्ने,सिमेन्ट भर्नुका साथै दाँतमा लाग्ने र ोगवाट बच्ने उपाएका वारेमा जानकारी गराईएको थियोे । कार्यक्रम सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com