चेपाङहरुलाई उपेक्षा गरेको प्रति गामबेसीको चेपाङ संरक्षण केन्द्रको घोर भत्सर्ना I

 चितवन कार्तिक ७,

आसन्न संविधानसभाको निबार्चनमा प्रत्यक्ष र समानुपातिक दुबै तर्फ पिछडिएको सिमान्तकृत जाती चेपाङहरुलाई देशका ठूला भनिने दलहरुले नै उम्मेदवारी सूचि प्रकाशित गर्ने क्रममा चेपाङहरुलाई सूचिमा नपारे र उपेक्षा गरेको प्रति गामबेसीको चेपाङ संरक्षण केन्द्रले विज्ञप्ती प्रकाशित गरि घोर भन्र्सना गरेको छ । 

केन्द्रका अध्यक्ष केपी किरण शर्माद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, दलहरुले चेपाङ समुदायको तर्फबाट कसैलाई पनि प्र तिनिधित्व नगराएर ८० हजार चेपाङहरुको उपेक्षा गरेको जनाएको छ । विज्ञप्तीमा आफ्नै भाषा संस्कृती र रिति रिवाज भएको पहाडी पाखा पखेर ामा बसोबास गर्ने सोझो जातीहरुलाई सरकारले त वेवास्ता गर्यो गर्यो पाटीहरुले पनि उपेक्षा गरेको प्रति आपत्ती जनाईएको छ । 

दलहरुको आज प्रकाशित समानुपातिक तर्फको सूचिमा नेकपा ए माओ बादीको तर्फबाट चितवनको दारेचोक निवासी कर्ण बहादुर चेपाङलाई मनोनयनान राखिएको प्रति भने केन्द्रले नेकपा ए माओबादी प्र ति आभार प्रकट गरेको छ । केन्द्रले विगत लामो समय देखि चेपाङहरुको आर्थिक उन्नती, शिक्षा, स्वास्थ्य र बेबस्थित आवासको निम्ती काम गर्दै आईरहेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com