मिस चितवन २०७० की विजेता रत्ननगर ४ की २० वर्षिया सितोष्ना वन आगामी मिस नेपालको प्रतिस्पर्धाका लागि छनौट भएकी छिन्। सोमबार भएको शालिमार मिस चितवनको अन्तिम प्रतिस्पर्धामा २७ जनालाई पछि पार्दै उनले मिस चितवनको ताज पहिरिइन्।
ब्राइट नेपाल डटकमले आयोजना गरेको प्रतियोगितामा उनले ताजसँगै पुरस्कारको रूपमा स्कुटर पाएकी छन् । त्यस्तै उनले २०१४ मा हुने मिस नेपाल प्रतियोगितामा सीधै सहभागिता जनाउन पाउने छिन् ।
प्रतियोगितामा फस्ट रनर अफ पूजा श्रेष्ठ र सेकेन्ड रनर अफको ताज रक्षा थापाले पहिरिए । दुवैले पुरस्कारको रूपमा क्रमशः २० हजार र १० हजार नगद पाए ।
प्रतियोगितामा फस्ट रनर अफ पूजा श्रेष्ठ र सेकेन्ड रनर अफको ताज रक्षा थापाले पहिरिए । दुवैले पुरस्कारको रूपमा क्रमशः २० हजार र १० हजार नगद पाए ।