कार्तिक १४,
उहाँ एक सफल प्रभावसाली व्यक्ति मात्र हुनुहुन्न थियो हरेक पेसा/लगनसिलता बाट प्राप्त त्यो परिचयलाई बृहत्तर सामाजिक परिवर्तनमा प्रयोग गर्नु पर्छ भन्ने एक अत्यन्तै सकारात्मक सोच भएको व्यक्ति हुनुहुन्थियो ।
उहाँ परोपकार, सामाजिक परिवर्तनका प्रेरक मात्र होइन कर्मनिष्ठ हुनुहुन्थियो । हरेक कृयमा सक्रीय भै लड्ने इच्छा शक्ति राख्ने बरिष्ठ लेखक जगदीश घिमिरे मृत्यु सँग हार्नु भयो ।
घिमिरेले जन्मस्थल रामेछापमा पुर्याएको व्यबसायिक अतुलनिय योगदान धेरैको लागि जीवनस्तर उकास्ने माध्यम मात्र होइन बल्कि अनागीन्तिलाई आफ्नो जिम्मेवारीको प्रेरणा बनेको छ । यस दुखद घडीमा घिमिरे परिवार प्रति गहिरो सहानुभूति व्यक्त गर्दै उहाँमा भावपूर्ण हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ : नारीदर्पण डटकम परिवार ।