गजल
रणभुल्ल पार्ने, नयाँ नौलो, एउटा चोकमा छु l
स्वर्ग हो कि नर्क थाहा छैन कुन लोकमा छु ll
बाटो बिराएँ कि जिन्दगीको साथी रोज्दा खेरि,
अनभिज्ञ गाँठो मनमा पर्दा ठुलो सोकमा छु ll
शिर देखि पाँउ सबै हेर्दै दर भाउ सोध्दा,
बल्ल थाहा पाएँ बिक्रि हुन म त थोकमा छु ll
अन्धकार भयो यत्र तत्र भरोसा नै टुट्दा,
पापीलाई खोजी जेल हाल्ने ठुलो झोकमा छु,ll
रहेन याँ कतै स्वच्छ माया स्वच्छ नाता अब,
तर पनि किन त्यही प्रित पुज्ने भोकमा छु ? ll
कल्पना राई "खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया