संविधान संगै विकासलाई प्राथमिकता : पाण्डे I

 कात्तिक चितवन १४ ,

चितवनको निर्वाचन क्षेत्र नं. एकमा नेकपा एमालेले चुनावी प्रचारलाई तिब्र पारेको छ । प्रचारका क्रममा विहीबार कुमरोजमा घरदैलो तथा को ण सभा सम्पन्न भएको छ । सम्पन्न कोण सभालाई सम्वोधन गर्दै संविधान सभा सदस्यको लागि चुनावी मैदानमा प्रतिश्पर्धामा उत्रिएका नेकपा एमालेका पोलिट व्यूर ो सदस्य तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले संविधान निर्माणको प्र कृया संगै विकासलाई अगाडि वढाउने बताएका छन् । 

कार्यक्रममा उहाले संविधान देशको मुल कानुन भएकाले महत्वपूर्ण भएपनि विकासलाई पछाडि धकेल्न नहुने बताए । “हामीले संविधान संगै विकासलाई अगाडि वाढाउनु पर्दछ, संविधानले मात्र जनातको इच्छा चाहना पूर ा गर्न सकिदैन त्यसैले विकासका गतिविधिलाई संगै लैजानु पर्दछ ।” उनले भने पछाडि पारिएका समुदायलाई देशको मुल धारमा ल्याउदै क्षे त्रको विकासलाई प्राथमिता दिनु पर्दछ । स्थानीय निकायमा बजेट वृद्धि गर्ने, वृद्ध भत्तालाई मासिक एकहजार पाँच सय पु¥याउने, वार्षिक तीन लाख युवालाई रोजगार दिने लगायतको कामलाई एमालेले प्राथमिकता दिएको बताए । 

उनले चितवनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर अझ धेरै गतिविधि वृद्धि गर्नको लागि सम्भावित क्षेत्रको विकास आवश्यक भएको बताए । निकुञ्ज नजिक वासो वास गर्ने समुदायकको सुरक्षा र आय आर्जन तर्फ ध्यान दिन एमाले तयार भएको बताए । उनले संविधान सभाको निर्वाचनबाट एमालेको वहुमतको सरकार आएमा चितवनको विकासमा उल्लेख्य काम हुने प्रतिवद्धता व्यक्त गर े । भण्डारादेखि मलेखु मार्ग, कृषिमा आधुनिकिकरण गर्दै अनुदानको व्यवस्था गर्ने, देशमा एउटा रासायनिक मल उद्योग निर्माण गरेर अर वौ रकम वाहिर जानबाट जोगाउने योजना एमालेमा भएको बताए । कार्यक्रममा एमाले जिल्ला नेताहरु गोविन्द कडेल, इमानसिंह लामा, हिरा गुरुङलगायतले मन्तव्य राखेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com