चितवन कार्तिक १३,
जनताले एमालेको ९ महिने सरकारको मोडल भूलेका छैनन्– कृष्ण
खनाल
शिशिर सिंखडा
नेकपा एमाले क्षेत्र नं. २ चितवनको को चुनावी अभियान अन्र्तगत आज
रत्ननगरको वडा नम्वर १२ मा घरदैलो तथा कोणसभा सम्पन्न गरिएको
छ ।
सो वडाको अमिलियाचोक, सुब्वाचोक ,भिमबहादुरचोक, डुम्रीचोक, माधबवुर
लगायत विभिन्न क्षेत्रमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु मतदाताको घर
घरमा पुगेर उम्मेदवार कृष्ण प्रसाद खनाललाई विजयी गराउन आग्रह गरेका
थिए ।
घरदैलो पछि आयोजित कोणसभामा वोल्दै एमाले उम्मेदवार कृष्ण
प्रसाद खनालले यस पटकको निर्वाचनमा एमालेको बहुमतको विकल्प
नभएको भन्दै समयमा नै संविधान निर्माण हुनेमा डुक्क रहन सबै
लाई आग्रह गर्नुभयो ।
गाउँ गाउँमा विकासको लागि बजेट,वृद्धभक्ता
एवम् सुकुम्वासी समस्या सामधानमा गर्नुभयो । कार्यक्रममा युवा संघका के
न्द्रीय लेखा आयोगका अध्यक्ष कमलराज पाठक,जिल्ला कमिटी सदस्य यादव
प्रसाद पाठक,विनोद रेग्मी,विमला दवाडी लगायतले मन्तब्य राख्नु भएको
थियो । यसैबीच नेकपा एमाले र अखिल नेपाल महिला संघ वडा नं.१ वडा
कमिटी रत्ननगरले मतदातलाई भोट हाल्न सुपारी बाढेर निम्ता दिएको
छ । रत्ननगरका एमालेका महिला तथा पुरुष कार्यकर्ताहरु मतदाताको घरदैलो
मा पुगेर सुपारी बाढेका हुन ।
एमालेका कार्यकर्ताले मतदातालाई सुपारी
दिएर भोट हाल्न आउन तथा एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गर्न समे
त आग्रह गरिएको अनेम संघकी अध्यक्ष एञ्जीला कुँवरले बताउनु भयो
। महिलाहरुले मतदातालाई सुपारी बाढनुको साथै चोक चोकमा गीत गाएर
चितवन क्षेत्र नं. २ का एमाले उम्मेदवार कृष्ण प्रसाद खनाललाई मतदान
गर्न गीत मार्फत आग्रह गरेका थिए । एमालेको मतदातालाई सुपारी बाढे
र निम्तो दिने कार्यक्रम रत्ननगरमा २ दिन सम्म चल्ने नेकपा एमालेका
वडा अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिनुभयो ।