भालुको आक्रमणबाट १ महिला गम्भिर I

माडी कार्तिक १३,

माडीको गर्दी २ कुन्तिपुरमा आज दिउंसो भालुको आक्रमणबाट १ महिला गम्भिर घाईते भएकी छन् । घाँस काट्न आएकी गर्दी ८ अम्बाबास कि ४५ वर्षिय सीता सापकोटालाई ११ बजेको समयमा ३ वटा संख्यामा रहेका भालुले आक्रमण गर्दा गम्भिर घाईते भएको स्थानिय नारायण अधिकारीले जानकारी दिनुभयो ।

भालुको आक्रमणबाट घाईते सापकोटाको टाउको र ढाडमा गम्भिर चोट लागेको छ । गम्भिर घाईते सापकोटालाई थप उपचारका लागी भरतपुर लगिएको छ । अहिले आक्रमण गर्ने भालु गर्दीको चिताई खोलामा लुकेर बसेको भएपनि नियन्त्रणका लागी हात्ती परिचालन गर्दा समेत भालुलाई जंगल तर्फ लखेट्न नसकिएको अधिकारीले बताउनुभयो । अहिले पनि भालुलाई लखेट्न प्रहरी र स्थानिय लागिरहेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com