जनप्रगतिशील मंच शारजाह पुर्नगठन सगै दशैँ शुभ कामना कार्यक्रम सम्पन्न I

 सारजाह ( युएई ) अक्टोबर १३ ,

ऋषि राम पाठक : बिजया दशमीको अवसर पारेर नेपाली जनप्रगतिशील मंच यूएई अन्तर्गत रहेको शारजाह क्षेत्रीय समितिले आफ्नो कमिटीलाई बिस्तार गरेको छ। 

आफ्ना इकाई कमिटीहरु सहितका सद्स्य मित्रहरुको बाक्लो उपस्थितको बिचमा गत बिहिबार शारजाहको सिटी सेन्टर अगाडी अल मजाज पार्क नजिकै रहेको कनत अल कस्वामा नेपालीहरुको महान चाड बडा दशैँको शुभ कामना आदान-प्रदान तथा शारजाह क्षेत्रीय समितिको पुर्नगठन सफलतापुर्वक सम्पन्न गरेको छ । 

बडा दशैंको झलक देखिने गरि दशैँ साँझ २०७० को पुर्बार्धमा खसीको मासु चिउरा मुलाको अचार र पेय पदार्थमा जुस सहित खानपिनको व्यवस्था स्वयम् संगठनका सदस्य एब्म पदाधिकारीहरुले गर्नु भएको थियो। समुन्द्रको किनारमा बसी साँझको समयमा रमाइलो बाताबरण सहित खसीको मासु सहित चिउरा अनि मुलाको पिरो पिरो अचारको स्वाद लिंदै संगठनको केन्द्रीय समितिका पधाधिकारीहरु लगायत ४०/ ५० जनाको बाक्लो र जोसिला सदस्यहरुको उपस्थितिमा सर्वसम्मतिले संगठनको पुनर्गठन समेत गरिएको थियो जस अनुसार पुनर्गठन उपाध्क्ष्यमा श्री पारस भुसाल सचिवमा सुरेश चन्द्र सुबेदी लगायत थप सल्लाहकारमा मदन सुनार रहनु भएको छ। 

सदस्यमा विजय लामा,ओम प्रकाश राजबंशी,प्रयास पराजुली,खगेन्द्र कटुवाल,ओम मगर थप गरि २१ सदस्यीय कार्य समिति पुनर्गठन गरिएको घोषणा गरिएको थियो । संगठनलाई जीवन्त राख्न संगठनमा आबद्द पदाधिकारीहरुले नियमित रुपमा सम्पर्कमा रही संगठनले लिएका उदेश्यहरु अनुरुप अघि बढिरहनु पर्ने आवश्यकतालाई महसुस गर्दै केहि कारणबस लामो समय निष्क्रिय रही नियमित सम्पर्क रहन नसक्नु भएका पुर्व पदाधिकारीद्य: उपाधक्ष्य बाबुराम आचार्य र पुर्ब सचिब मोहन जमरकट्टेलको स्थानबाट पद पूर्तिको घोषणा गरिएको थियो । स्वागत तथा पुर्नगठन कार्यक्रममा शारजाह क्षेत्रीय समितिका अध्यक्ष ऋषि राम पाठक "क.समिर"को अध्क्ष्यतामा सम्पन्न भएको थियो। 

कार्यक्रममा बिषेश अथिति गैर आवासीय नेपाली (एनआरएन) का भुतपुर्ब अधक्ष्य श्री चन्द्र रोकाहा र नेपाली जनप्रगतिशील मंच यूएई का अध्यक्ष हेमन्त पौडेल का साथमा केन्द्रिय कोषाधक्ष्य सुरेश ढकालको उपस्थित रहेको थियो। कार्यक्रममा क्षेत्रीय समितिका संगठन बिभाग प्रमुख टीकादत्त शिवा, नेपाली युवा मञ्चका अध्यक्ष लक्ष्मण लामिछाने र महिला महिला बिभाग कि अध्यक्ष श्रीमती बबिता रणपहेंली शिवा, सचिव श्रीमती गङ्गा लामिछाने बिएमडब्लु इकाई कमिटीका अध्यक्ष श्री पबिन्द्र राई सहयात्री र अबुसगारा इकाई कमिटीका अध्यक्ष बासुदेव आचार्यको पनि उपस्थित रहेको थियो । 

अध्यक्ष क.समिर ले बिगतका बर्षमा पनि अलपत्रमा परेका थुप्रै नेपालीहरुको उद्दार र यहाँ खल्लीबल्ली हुन बाध्य भएका नेपाली चेलीहरुलाई ससम्मान नेपाल फर्काउने बाताबरण मिलाएको र यहाँ आउने हरेक पिडित नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई कानुनको दायरामा रहेर आफुले सक्दो सहयोग गर्न पहल पनि गर्ने र प्रबासमा रहेका नेपाली संघ संगठन र राजदुताबासलाई समेत बिगत देखि नै फाँसीका सजाय पाएका निर्दोष अमर बहादुर बमलाई छुटाउनको लागी बिषेस पहल गरिदिन पनि सहयोगको आव्हान गर्दै हिजोका दिन देखि नै हामीले यस संस्था प्रति निकै सराहनीय कामहरु गर्दै आएका छौ र भोलिका दिनहरुमा पनि यूएईमा रहेका कुनै पनि नेपालीहरुलाई दु:ख परेमा एक भएर अगाडी बढ्ने प्रतिबद्दता जनाउनु भयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com