पश्चिमी गृहलक्ष्मी
नारी
लक्ष्मीको रूप हुन,
अर्धाङ्घिनी
घर की लक्ष्मी हुन,
ब्यावाहारमा
कति सत्यता छ त?
पुराण्मा पनि नारीको नाम
पुरुष भन्दा पहिले
लेखिएका छन,
लक्ष्मी नारायण
गौरी शंकर
राधे श्याम
अच्चम्म लाग्छ,
लक्ष्मी ले नरायणको गोडा
सधै मिचेको देखिन्छ,
हाम्रो ब्यवाहारमा पनि
पुरुष प्रधान भै
नारी लाइ सधै डोमिनेट गरिन्छ,
यस्तै संस्कारमा
हुर्किएको "म"
पश्चिमी देशमा आई पुगें
नारी प्रधान देश "नेदरल्याण्ड",
यहाँ नारायणको खुट्टा
लक्ष्मी ले मिच्दिनन,
स्वयं नारायण ले नै
मिचिरहेको हुन्छ,
जून संस्कृतीमा आफु हुर्कियो
कसरी स्वीकारने यहाको संस्कृति ?
कसरी आफै डोमिनेट हुने
आफ्नै गृहलक्ष्मी संङ्ग ?
पुरुष प्रधान संस्कृतीमा हुर्केको हुना ले
आफै भित्र द्वन्द्व हुन थाल्यो,
अर्धाङ्घिनी
ठुस्सुक्क भएर बसेकी छीन
उनको कुक्कुरलाई
बाहिर डुलाउन गईन भनेर,
श्रीमती लाइ डोमिनेट गर्ने संस्कृतिमा
हुर्केको म
मेरो पुरुष प्रधान प्रवृत्ती
यहाँ गल्न थाले छ,
"न खाऊं भने दिनभरीको शिकार
खाऊं भने कान्छोबाउको अनुहार"
ठुस्केको गृहलक्ष्मी लाइ
कसरी फकाऊं,
फूल चडाउनु पर्ला
नेदरल्याण्डको संस्कृति,
फूल किन्न जाँदै छु
हरि पौडेल