गजल : By, कल्पना राई"खुशी"



गजल

भाग्य लेख्ने भाबी संग आज बाजी मार्नु थियोl
आफ्नो भाग्य आफै लेखी जित हात पार्नु थियोll

ढुंगा संगै  पै'रो लड्यो  मैले हिड्ने  बाटै भरि,
बल बुद्धि सक्दो लाएँ पाईला अघि सार्नु थियोll

कस्ले रोक्ने कस्ले छेक्ने छाती पिटें उर्दी दिदै,
जिन्दगीको सग्लो डुंगा पारि खोला तार्नु थियोll

धर्म  कर्म  सहि  सत्य  मुटु  माझ  संगालेर,
सद्भावको पर्खालमा  अर्को बार  बार्नु  थियोll

साथी संगी तर्से सबै"कल्पना"को बुद्धि देखी,
दुनियाले झारे तारा  मैले जून  झार्नु थियो ll

कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com