डिसीमा अर्थ मन्त्रि शंकर कोइराला संग अन्तरक्रिया I

 भर्जिनिया, अक्टोबर १३, 

विजय थापा : बिश्व बैंक समुह तथा अन्तर राष्ट्रिय मुद्रा कोषको बार्षिक कार्यक्रममा प्रतिनिधि मण्डल सहित वाशिंगटन डिसीमा सहभागी हुन् आउनु भएका अर्थ मन्त्रि शंकर कोइरालाले एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै ३ बर्ष भित्र मुलुकमा लोड सेडिंग( बिद्युत कटौती)समस्याको हल हुने बताउनु भयो  उत्तर अमेरिका कै सबै भन्दा जेष्ठ नेपालीहरुको संस्थाद्वारा अमेरिका नेपाल सोसाइटी (समाज )द्वारा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा अर्थ मन्त्रि कोइरालाले सहभागी हुन् आउनुको मुख्य कारण नीति ,कार्यक्रम तथा बजेट(आय व्यय )पारित गर्नु हो  

नेपाल र बिश्व बैंकसंग द्वीपक्षीय सम्बन्ध अझ सुधार्नु पर्ने रहेको बताउदै नेपाललाई अहिले सम्म कै ठुलो आर्थिक सहयोग बिश्व बैंकले गरेको छ भन्नु भयो  सम्मेलनमा भाग लिनुको उदेश्य ''अति गरिवी ''लाई न्युनतम ३ प्रतिसतमा झार्ने रहेको बताउदै आफु ९ महिनाको लागि मात्र प्रतिनिधित्व गरेको भन्दै केहि वक्ताहरुले उब्जाएका सवालको जवाफमा आफु कुनै दलमा आबद्द नभएको ,तटस्थ सरकार रहेको ,नेपाल श्रोत र साधनबाट सम्पन्न भएको मुलुक भएको उल्लेख गर्दै व्यवस्थापन मात्र गर्न नसकेको बताउनु भयो  गाडी आफ्नो मन्तब्य राख्दै जल बिद्युत ,पूर्वाधारको निर्माण र पर्यटक आदी सरकारको मुख्य कार्यसूची रहेको उल्लेख गर्दै र हाम्रो प्राथमिकता यहि हो भन्दै नेपालको गति अगि बढी सकेको कुरा गर्दै मुलुकले ठुलो फड्को हानी सकेको र राजस्व संकलन २२ प्रति सतले वृद्धि भएको चर्चा गर्नु भयो  

अर्थ मन्त्रिले आयत र निर्यातको अनुपातमा खतरा रहेको उल्लेख गर्दै यसमा सरकार लागि परेको जानकारी गराउनु भएको थियो सवालको जवाफमा चुनाब निश्चित हुन्छ भन्दै राजनैतिक दल र मतदाता पनि तैयार रहेको अवस्थाको बारेमा अवगत गराउनु भएको थियो  नेपालमा राजनैतिक स्थायित्व भएमा नेपालको विकास हुने छ र देश भित्र प्रसस्त अवसरहरु हुने छन् भनि बुझ्न समुदायलाई आग्रह गर्नु भयो 

गैर आवासीय नेपालीहरुको द्वय नागरिकता र भ्रस्टाचार सम्बन्धि उठेका सवालको जवाफमा कानुनी जटिलता छन् भन्दै भ्रस्टाचारका मुद्दाहरु प्रणाली र पद्दतिको सुधार गर्नु पर्ने बताउनु भएको छ  अर्थ मन्त्री कोइरालाले द्वय नागरिकता सम्बन्धि माग राख्न पनि नछोड्नु भन्नु भयो  अर्थ सचिब शान्त राज सुबेदीले पनि मन्तब्य राख्दै सबै नेपालीले देशको चिन्ता गरेको आफुले पाएको उल्लेख गर्दै आफ्ना सन्ततिलाई नेपालबारे सम्झाउने जिम्मेबारी सबैले लिनु पर्ने कुरा राख्नु भयो  

नेपाल लगानी बोर्ड (समिति )का अधक्ष्य राजेश पन्थ तथा अमेरिकाका लागि नेपाली राजदूत शंकर प्रसाद शर्मा (पी एच डी )ले पनि बोल्नु भएको थियो  प्रश्न उत्तर कार्यक्रममा मंगसिर ४ गतेको निर्वाचन ,अर्थ व्यवस्था ,भ्रस्टाचार ,बिदेशमा बसेका प्रवाशीहरुले मतदान गर्न पाउने या नपाउने, उम्मेदवारको सुरक्षा सम्बन्धि केहि सवाल तथा सुझाबहरु अर्थ मन्त्रीलाई राखेका थिए  स्वागत मन्तब्य द्वितीय उपाधक्ष्य सीता पाण्डेले गर्नु भएको थियो भने कार्यक्रम संचालन महासचिब श्याम लिम्बु ,सचिब मुकुन्द राज दाहाल तथा प्रश्न उत्तरको कार्यक्रम संचालन संचार निर्देशक सुशील रेग्मीले गरेका थिए  उक्त कार्यक्रम डा ठाकुर पुडासैनीको सभापतित्वमा सम्पन्न भएको थियो भने वहाले सबैलाई धन्यबाद दिदै निम्तोलाई स्वीकार गरि कार्यक्रममा पाल्नु हुने अर्थ मन्त्रि शंकर कोइराला तथा सम्पूर्णलाई धन्यबाद दिदै कूल गार्हस्थ र बार्षिक प्रति व्यक्ति आयमा निकै कम्जोर भएको उल्लेख गर्दै कार्यक्रम समापन गरिएको थियो 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com