गज़ल : By, साबित्रा लुइँटेल घिमिरे



एकै छिन नबोल्दा नि लजालु पो भन्थ्यौ अरे
दुई शब्द के बोल्या थें बिषालु पो भन्थ्यौ अरे |

कस्तो होला मान्छे पनि जता गयो उतै धाउने
लुकी छुपी चियाउँदा मायालु पो भन्थ्यौ अरे |

एकान्तमा कसै सँग मस्किएको देखे पछी
को हो भनि जान्न खोज्दा शंकालु पो भन्थ्यौ अरे |

चाड बाड भित्रिदैछन् आउने जाने कति हुन्छन्
चिया पानी सोद्धै जाँदा सिपालु पो भन्थ्यौ अरे |

बानी आफ्नो यस्तै छ है सानै देखि लागेको हो
आँखा झिम्काइ हेरेको त क्या चालु पो भन्थ्यौ अरे |

साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com